अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१६ | Colorodo: 23:31

चलचित्र ‘मधेशी पुत्र २’ चैत ९ गते बाट देशभर

बिआरटीनेपाल २०७४ फागुन २३ गते २:०१ मा प्रकाशित

यहि चैत ९ गते बाट देशै भर मधेशको कथा उठाईएको चलचित्र ‘मधेशी पुत्र २’ प्रदर्शनमा आउने भएको छ । नेपाली र भोजपुरी दुवै भाषामा रहेको यस सिनेमाले समग्र देशको राजनीतिक कथा लाई उठाएको छ । बिशेष मधेस आन्दोलनको कथा उठाएको यस चलचित्रले सेन्सरमा थुप्रै लफडा खेप्नु परेको बताए निर्देशक निराजन कुमार मेहेताले ।

तराईको राजनीतिक कथा भएकोले सेन्सरमा गाह्रो भएको हो तर सेन्सर सदश्यहरुबाट भने फिल्मको राम्रो तारिफ पाएको छ । ‘अहिले सम्मको भोजपपुरी फिल्मको इतिहासमा नै मधेशको कथा भएको सिनेमा नबनेको र प्रदर्शनमा पनिं देशैभर एकै साथ् रिलिज नभएको इतिहास नेपाली सिनेमा नगरीमा रहेको छ र यो ईतिहास अब मधेशी पुत्र २ ले कोर्नेछ । ‘ निर्देशक मेहेताले भन्नु भयो ।

देशैभर करिब ३५ ओटा भन्दा बढी सिनेमा घरबाट प्रदर्शनमा आउने यस फिल्मलाई बिशेष तराईका दर्शकहरुलाई केन्द्रित गर्ने बताए वितरक सुरज खड्काले । निर्माता उदित नारायाण शाह अरुणको सोलो लगानीमा निर्माण भएको यस फिल्म अनुराग फिल्म्सको सातौ प्रस्तुति हो । तराईका बिभिन्न ठाउ ।  सिरहा , धनुषा र भैरवा लगायतका स्थानमा छायांकन गरिएको यस फिल्ममा नायक तथा निर्देशक निराजन कुमार मेहेता , निता घिमिएर , धुर्ब कोईराला , प्रविन लाल यादब , मनोज राज देब यादब म उषा पाण्डे, लगायतकाको अभिनय रहेको छ ।

यस फिल्मले केहि दिन अघि राजधानीमा बिभिन्न क्षेत्र संग सरोकार राख्ने व्यक्तिहरु र कलाकारहरुको लागी गरेको बिशेस सो बाट पनि निकै राम्रो तारिफ पाएको थियो । फिल्म ‘मधेशी पुत्र २ ‘ यहि चैत ९ गते बाट देशै भर प्रदशनमा आउने भएको छ ।

प्रतिक्रिया