अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१६ | Colorodo: 06:31

राष्ट्रपतिका लागी पुन: बिद्यादेवी भण्डारीको उमेद्वारी

बिआरटीनेपाल २०७४ फागुन २३ गते १:४५ मा प्रकाशित

राष्ट्रपति निर्वाचनका लागी वर्तमान राष्ट्रपति विध्यादेवी भण्डारीले उमेदवारी दर्ता गराउनु भएको छ। आगामी  २९ गते हुने राष्ट्रपति निर्वाचनकालागी  नेकपा ऐमाले र नेकपा माओबादी केन्द्रको सर्मधनमा वर्तमान राष्ट्रपति विध्यादेवी भण्डारीले मनोनयन दर्ता गराउनु भएको हो।

उहाँको प्रस्तापकमा नेकपा ऐमालेका नेताहरु माधब कुमार नेपाल, भीम रावल, ईश्वर पोखरेल,सुवास नेम्वाङ र नेकपा माओबादी केन्द्रकी ओनसरी घर्ती मगर हुनुहुन्थ्यो।

उहाँको समर्थकमा रामबहादूर थापामगर विष्णु पौडेल गोकर्ण विष्ट भानुभक्त ढकाल र रविन्द्र अधिकारी हुनुहुन्थ्यो।

उहाँले राष्ट्रपति निर्वाचनको कार्यालय नयाँ बानेश्वर गई आफ्नो उमेदवारी दर्ता गराउनु भयो।
सो अवसरमा प्रधान मन्त्री के पी शर्मा ओली समेत उपस्थित हुनुहुन्थ्यो।नेपाली काँग्रेसका तर्फबाट कुमारी लक्ष्मी राईले उमेदवारी दर्ता गराउनु भयो।

उहाँको प्रस्तापकमा नेपाली काँग्रेसका चित्र लेखा यादव, मानबहादूर विश्वकर्मा ,सुरेन्द्रराज पाण्डे, देवेन्द्रराज कँडेल र पार्वती डीसी चौधरी रहनु भएको छ उहाँको सर्मथकमा सरिता प्रसाई, सुजाता परियार ,मेखराज श्रेष्ठ, शिव चन्द्र चौधरी र राधा घले हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू