अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२७ | Colorodo: 06:42

स्वाइन फ्लुको शङ्का लागे के गर्ने ? कसलाई भेट्ने ?

डा. रबिन्द्र समीर २०७४ फागुन २२ गते २२:२४ मा प्रकाशित

स्वाइन फ्लुको शङ्का लागे के गर्ने ? कसलाई भेट्ने ? खतराका लक्षण के के हुन् ? कसलाई बढी जोखिम छ ?

सिजनल रुघा, भाइरल रुघा, स्वासप्रस्वासको संक्रमण, टाइफाइड् ज्वरो आदिका लक्षणहरू लगभग उस्तै हुन्छन् । तसर्थ लक्षण मिले भन्दैमा स्वाइन फ्लु हुँदैन । स्वाइन फ्लु नै भए पनि यसरी डराउनु पर्दैन । स्वाइन फ्लु पनि एक किसिमको रुघा नै हो । तसर्थ आफूलाई शङ्का लागेमा “स्वाइन फ्लु टेस्ट गर्ने ठाउँ” मा नजानुहोस । तपाईँलाई त्यहीँबाट स्वाइन फ्लु सर्न सक्दछ । सबैभन्दा राम्रो आफ्नो विश्वासिलो चिकित्सकसँग सम्पर्क राख्नुहोस । यसबाट तपाईँले ज्वरो, रुघा, खोकी आदिको लाक्षणिक उपचार पाउनुहुन्छ । ब्याक्टेरियाको संक्रमण भएमा मात्र एन्टिबायोटिक लिने सल्लाह तपाईँले त्यहाँ पाउनुहुन्छ । अन्यथा सामान्य औषधी, सान्त्वना र रोकथामको उपायद्वारा तपाईँलाई निको हुन्छ । यदि तपाईँको चिकित्सकले स्वाइन फ्लुको शङ्का गरेमा उहाँले नै रगतको नमुना परीक्षण गर्न र तदनुसार उपचार गर्न व्यवस्था मिलाइदिनुहुन्छ । यो सबैभन्दा उत्तम र सजिलो उपाय हो । स्वाइन फ्लु नै लागेपनि स्वस्थ जीवनशैली अपनाएमा सजिलै निको हुन्छ । तसर्थ स्वाइन फ्लुबाट पटक्कै आतंकित नहुनुहोस ।

कस्तो अवस्थामा इमर्जेन्सीमा जाने ?
१. निकै छिटोछिटो सास फेरेमा तथा सास फेर्न गाह्रो भएमा ।
२. अनियन्त्रित ज्वरो आएमा वा तिनदिन पछि पनि ज्वरो कम नभएमा ।
३ . छालाको रङ्ग निलो भएमा ।
४ .पानी तथा झोलिलो खाना खान नसकेमा
५ . लगातार धेरै बान्ता भइरहेमा ।
६ . बिस्तारबाट उठ्न नसकेमा वा प्रतिक्रियामा कमी देखिएमा ।
७ . पेट र छातीमा धेरै पिडा वा दबाब भएमा ।
८ . निकै रिंगटा लागेमा ।

यस्ता खतरनाक लक्षण स्वाइन फ्लुमा मात्र देखिदैनन । अन्य अवस्थामा पनि देखिन्छन तसर्थ “स्वाइन फ्लु आतङ्क” बाट धेरै त्रसित हुनुपर्दैन ।

सम्बेदनशील तथा जोखिम समूह –
स्वास्थ्यकर्मी, गर्भवती, नवजात शिशु, क्यान्सर, दम, मुटुको रोग लगायत रोग प्रतिरोधात्मक क्षमता कमी भएका व्यक्ति, अशक्त वृद्ध आदि ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू