अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०६ | Colorodo: 03:21

त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पुस्तकालयमा करीब चारलाख पुस्तक संकलन

बिआरटीनेपाल २०७४ फागुन २२ गते २२:११ मा प्रकाशित

करिब चारलाख पुस्तक संकलन त्रिभुवन विश्वविद्यालयस्थित केन्द्रीय पुस्तकालयमा अहिलेसम्म गरिएको छ । विगत ५८ वर्षदेखि हालसम्म संकलन गरिएका विभिन्न विषयका पाठ्यसामग्री तथा अन्य कृति पुस्तकालयमा समावेश गरिएका छन् ।

पुस्तकालय प्रमुख इन्द्रप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय तहमा अध्यापन गराइने सबै विषयका पुस्तक रहेको जानकारी दिँदै पर्याप्त स्थान नभएका कारण व्यवस्थापनमा समस्या देखिएको बताउनुभयो ।

त्यसैगरी त्रिविबाट विद्यार्थीले गरेका सोधपत्र संकलन गरिएको छ । स्नातकोत्तर तह तथा सो भन्दा माथिका सोधपत्र अध्ययनका लागि स्वदेश तथा विदेशबाट समेत विभिन्न विद्यार्थी आउने गरेको प्रमुख अधिकारीले बताउनुभयो ।

विसं २०२१ मा स्थापना भएको उक्त पुस्तकालयमा सबै तहका पाठ्यपुस्तकका साथै भाषा, साहित्य, संस्कृति, कला, दर्शन, धार्मिक विज्ञान, सामाजिकलगायत सबै विषयका पुस्तक तथा पाठ्यसामग्री छन् ।

पुस्तकालयको ३३ हजार ७०० वर्गफिटको क्षेत्रफल रहेको भएपनि उत्तरपट्टि चर्केको र अग्रभागको माथिल्लो तला प्रयोगविहीन भएका कारण साँगुरो बन्दै गएको छ । त्रिवि अन्तर्गतका करिब ६० पुस्तकालयलाई व्यवस्थापन गर्ने सन्दर्भमा केन्द्रीय पुस्तकालयले अनुगमन तथा नियमन समेत गर्दै आएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू