अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५९ | Colorodo: 09:14

डा बिष्णुमाया परियार न्युयोर्कमा सम्मानित

बिआरटीनेपाल २०७४ फागुन २२ गते २१:४६ मा प्रकाशित

अधिकारकर्मी डा. विष्णुमाया परियारलाई अमेरिकामा सम्मान गरिएको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा द सोसाइटी अफ फोरेन कन्सुल इन न्युयोर्कद्वारा न्युयोर्कको म्यानहटनमा आयोजित समारोहमा न्युयोर्कमा रहेका विश्वका १५५ देशका महावाणिज्य दूतावासका तर्फबाट डा परियारलाई सम्मान गरिएको हो ।

कार्यक्रम आयोजक द सोसाइटी अफ फोरेन कन्सुल इन न्यु योर्क सन् १९२५ मा स्थापना भएको न्युयोर्कमा रहेका विश्वका महावाणिज्य दूतावासहरूको साझा संस्था हो ।

कार्यक्रममा फिलिपिन्स, भारत, रसिया, साउदी अरेबिया, टर्की, अल्जेरिया, बार्बादोस, बुल्गेरिया, जर्जिया, हैटी, हंगेरी, जमैका, कोसोभो, मेक्सिको, पाराग्वे, बङ्गलादेश, थाइल्याण्डलगायत विभिन्न देशका महावाणिज्यदूतको उपस्थिति रहेको थियो ।

अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी सहरका मेयर स्टेभन फुलपकि डाईभर्सिटी एण्ड ईन्क्लुसन बोर्ड सल्लाहकार समेत रहेकी डा. परियारको संस्था एड्वानले सन् १९९८ देखि हालसम्म नेपालका विपन्न र दलित समुदायका १४ हजार ९३४ बालबालिकाहरूलाई शैक्षिक सहयता गर्न सफल भएको छ भने ३४ हजारभन्दा बेसी महिलाहरू र तिनका परिवारलाई सामाजिक रूपान्तरणमा लाभान्बित पुराउँदै आएको छ ।

फोटो: प्रदिप परियार थापा

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू