अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४५ | Colorodo: 03:00

कोलोराडोमा जातिभेद रंगभेदबिरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाइने

बिआरटीनेपाल २०७४ फागुन २२ गते २१:३७ मा प्रकाशित

जातिभेद विरुद्ध विश्व मञ्च (Global Forum against caste based discrimination) ले सधैँ झैँ यस वर्ष पनि International day for the Elimination of racial discrimination (अन्तर्राष्ट्रिय रंगभेद उन्मुलन दिवस) का अवसरमा जातिभेद अन्त्यका लागि अन्तर्राष्ट्रिय कानुनी प्रावधान विषयक १ दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने भएको छ । कार्यक्रममा कोलोराडो राज्यका सरकारका नागरिक अधिकार विभाग प्रमुख आबरी लिनिसा (Abery Linisa), अरौरा नगरपालिका अध्यागमन तथा अन्तर्राष्ट्रिय मामला प्रमुख रिकदो गामटा (Recardo Gamtta) , अफ्रिकन कम्युनिटी सेन्टरका प्रमुख मेलिसा थिसेन (Melisa Theesen) को विशेष उपस्थिति रहने छ ।

त्यसै गरी कोलोराडोमा रहेका नेपाली समुदायका लागि कार्यरत विभिन्न सङ्घ संस्थाहरूका प्रतिनिधिहरूको उपस्थिति रहने छ । यसै गरी उक्त कार्यक्रममा नेपाल, भारत तथा अन्य दक्षिण एसियामा जातको आधारमा हुने गरेका विभेदका घटनाहरू र अन्यका लागि गरिएका प्रयासहरूका बारेमा अन्तरक्रियात्मक कार्यक्रम हुनेछ ।

विश्वमा हुने गरेका रंगभेद विरुद्ध संयुक्त राष्ट्रसंघले १९६९ देखिनै पहल कदमी सुरु गरी १९७१ मा रंगभेद बिरुध्द अन्तर्राष्ट्रिय अभिसन्धी पारित गरिसकेको छ । उक्त अभिसन्धिमा विश्वका अधिकांश राष्ट्रहरूले हस्ताक्षर गरी पक्ष राष्ट्र बनेका छन् । संयुक्त राष्ट्रसंघमा यो विषय हेर्ने बिषयगत समितिहरू समेत कार्यरत भएता पनि अझैसम्म पनि विश्वमा २६० मिलियन मानिसहरू जातीय विभेदको मारमा परि दोस्रो दर्जाको नागरिकको रूपमा जीवन बिताई रहेका छन् । यिनै विषयहरूमा अन्तर्राष्ट्रियस्तरमा कार्यरत ग्लोबल फोरमले आयोजना गरेको यस कार्यक्रममा सबैलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । ग्लोबल यस्तो कार्यक्रम विगतमा मेरिल्याण्ड र कोलोराडोमा आयोजना गरेको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू