अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५८ | Colorodo: 07:13

पाँच वर्षमा मङ्गोलियामा २०५५ द्वारा आत्महत्या

बिआरटीनेपाल २०७४ फागुन २२ गते १७:०६ मा प्रकाशित

मङ्गोलिया, एक सर्वेक्षणका अनुसार मङ्गोलियामा सन् २०१२ देखि २०१६ सम्म दुई हजार ५५ मङ्गोलियाली नागरिकले आत्महत्या गरेका छन् ।

यस प्रकार आत्महत्या गर्नेमा प्रायः पुरुष रहेको हालै गरिएको सो सर्वेक्षणको प्रतिवेदनमा जनाइएको छ । मङ्गोलियाको सामान्य अभियोक्ताको कार्यालयले गरेको यस सर्वेक्षणको प्रतिवेदनअनुसार यस आत्महत्या गर्नेमा ८४ प्रतिशत पुरुष रहेका छन् ।

बेरोजगारी, घरायसी विवाद, श्रीमान् श्रीमती र प्रेमी प्रेमिकाबीचको सम्बन्ध र आर्थिक अवस्था कमजोर हुनु नै आत्महत्याको कारण रहेको बताइएको छ । पूर्वी एशियाली यस राष्ट्रमा जनसंख्याको हिसाबबाट ३० लाखभन्दा मात्र बढी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू