अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१५ | Colorodo: 13:30

साहित्यकार इन्द्रबहादुर राईको निधन

बिआरटीनेपाल २०७४ फागुन २२ गते १०:४४ मा प्रकाशित

आख्यानकार, समालोचक एवं निबन्धकार इन्द्रबहादुर राईको निधन भएको छ । वि.सं. १९८४ साल माघ १७ गते दार्जिलिङ, खर्साङमा जन्मेका साहित्यकार राईको ९० बर्षको उमेरमा केहि समय अघि मात्र निधन भएको हो ।

रणवीर राई र आमा हस्तमाया देवानका छोरा साहित्यकार राईले सन् सन् १९६४ पहिलो उपन्यास विपना कतिपय जम्म बीस दिनमा लेखिसकेर प्रकाशित गरी सहित्यको औपचारिक यात्रा सुरु गरेका थिए । लीलालेखनको प्रथम आधारकृतिका रूपमा ‘कठपुतलीको मन’ कथासङ्ग्रहलाई उत्तरआधुनिकताको प्रारम्भ विन्दु मानिन्छ ।

राईका आज रमिता छ (उपन्यास, सन् १९६४),विपना कतिपय (कथासँग्रह, सन् १९६१),कठपुतलीको मन (निबन्धसँग्रह, सन् १९८९),कथास्था (कथासँग्रह, सन् १९७२),सेतो ख्याकको बनोट र बुनोट (समालोचना, वि.सं. २०६३),टिपेका टिप्पणीहरू (समालोचना सँग्रह, सन् १९६६),नेपाली उपन्यासका आधारहरू (समालोचना सँग्रह, सन् १९७४),सन्दर्भमा ईश्वरबल्लभका कविता (समालोचना, सन् १९७६),साहित्यको अपहरण. मार्क्सवादी प्रतिवद्धता (समालोचना, सन् १९८३),दार्जीलिङमा नेपाली नाटकको अर्धशताब्दी (सन् १९८४), पहाड र खोला (निबन्धसँग्रह, सन् १९९३), अर्थहरूको पछिल्तिर (समालोचना, सन् १९९४),पृष्ठ पृष्ठ (समालोचना, सन् १९९५),लेखहरू र झ्याल (निबन्ध सँग्रह, सन् २०००) लीला प्रस्तावना (समालोचना, वि. सं. २०५९ लगायत कृति प्रकाशित छन् ।

नेपाली उपन्यासका आधारहरूु समालोचना कृतिका लागि सन् १९७५ को ‘साहित्य अकादमी पुरस्कार’ नै प्राप्त गरेका राइेले २०५१ सालको जगदम्बाश्री पुरस्कार पनि प्राप्त गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू