अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३२ | Colorodo: 01:47

बेलायतमा थर्ड आइ टिमको ‘रुम्झाटार गुम्बा च्यारिटी नाइट’ हुदैँ

बिआरटीनेपाल २०७४ फागुन २२ गते ५:४४ मा प्रकाशित

 

नेपाली चलचित्रको पुरस्कार विधामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बेलायतको थर्ड आइ टिमले यसपटक ‘रुम्झाटार गुम्बा च्यारिटी नाइट २०१८’ गर्ने भएको छ । मार्च १७ तारिखमा बेलायतको हाइस्ट्रीट एल्डरसट ह्याम्पसायरमा विशेष कार्यक्रम गर्न लागेको थर्ड आइले नेपालबा जम्बो कलाकारको टोली बेलायत लैजादैँ छ ।

एल्डरसट ह्याम्पसायर स्थित अम्पायर ब्यान्क्वेट हलमा हुने भब्य कार्यक्रममा आनन्द कार्की, मीरा राणा, सुकमित गुरुङ, मीनादेवी निरौला पोखरेल, राजु राजबाहक लगायतका कलाकारहरु छन् । यस्तै अन्य कलाकारहरुमा सरु थापा, रवि डंगोल, श्याम अर्याल, नम्रता योगी र मौषमी गुरुङ छन् । कार्यक्रममा कलाकारहरुले गीत गाउनुका साथै नृत्य र हाँस्यप्रहसन समेत हुने आयोजकले जनाएको छ ।

थर्ड आइले गत वर्ष लण्डनमा ‘दशौं बक्स अफिस फिल्म फेयर अवार्ड २०१७ लण्डन’ आयोजना गरेको थियो । अहिले कार्यक्रमको भब्य रुपमा तयारी भईरहेको बेलायतबाट कार्यक्रमका संयोजकद्धय बिकास देवकोटा र बिष्णु गुरुङले बताए । कार्यक्रम अपरान्ह ४ बजेदेखी सुरु हुनेछ ।

प्रतिक्रिया