अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४७ | Colorodo: 19:02

पूर्व सदस्य राम नगीना सिंहको निधनप्रति मानव अधिकार आयोगद्वारा गहीरो दुःख व्यक्त

१३ औं दिनको दिन आयोगका सबै कार्यालयहरूमा श्रद्धाञ्जली सभा आयोजना गर्ने निर्णय

बिआरटीनेपाल २०७४ फागुन २१ गते २०:३१ मा प्रकाशित

राष्ट्रिय मानव अधिकार आयोगले आयोगका पूर्व सदस्य  राम नगीना सिंहको दुःखद् निधनप्रति गहिरो दुख व्यक्त गरेको छ ।

बि.सं.२०६४ साल असोजबाट २०७० सालसम्म आयोगका सदस्य रहेका सिंहको आईतबार भएको असामयिक निधनप्रति गहिरो दुख ब्यक्त गर्दै आयोगले दिवंगत आत्माको चीर शान्तिको कामना गरेको हो ।

आयोगद्वारा जारी विज्ञप्तीमा भनिएको छ: राष्ट्रिय मानव अधिकार आयोगको आजको आकष्मिक बैठकले राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य श्री राम नगीना सिंहको (वि.सं २०६४ असोज – २०७० भाद्र) मिति २०७४ साल फागुन २० गते आईतबारका दिन वहाँकै निवास सर्लाहीमा भएको असामयिक तथा दुःखद् निधनप्रति गहीरो शोक व्यक्त गरेको छ । यस दुःखद् घडीमा आयोग शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गरेको छ ।

स्व. राम नगीना सिंहको सम्मान र सम्झनामा बैठकले आयोगको केन्द्रीय कार्यालयमा ३ दिन सम्म आयोगको झण्डा आधा झुकाउने, स्व. राम नगीना सिंहको तस्वीर सहित १३ दिनसम्म शोक पुस्तिका राख्ने र स्व. राम नगीना सिंहको निधन भएको १३ औं दिनको दिन आयोगका सबै कार्यालयहरूमा श्रद्धाञ्जली सभा आयोजना गर्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया