अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४५ | Colorodo: 01:00

राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक

बिआरटीनेपाल २०७४ फागुन २१ गते १७:५७ मा प्रकाशित

 

काठमाडौँ, २१ फागुन विआरटी सम्बाददाता

निर्वाचन आयोगले यही फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली सार्वजनिक गरेको छ ।

आयोगले आज साँझ आफ्नो वेबसाइटमार्फत सो नामावली सार्वजनिक गरेको हो । संविधानअनुसार संघीय संसद् र प्रदेशसभाका सदस्य रहेको निर्वाचकमण्डलले राष्ट्रपति निर्वाचनमा मतदान गर्नेछ । संघीय संसद्का २७५, राष्ट्रियसभाका ५९ र प्रदेशसभाका ५५० प्रदेशसभा सदस्यले निर्वाचनमा भाग लिनेछन् ।

आयोगले राष्ट्रपतिका लागि यही फागुन २३ गते उम्मेदवारी मनोनयनको कार्यतालिका यसअघि नै सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू