अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३६ | Colorodo: 05:51

संधीय ससदको पहिलो बैठक आज बस्दै

बिआरटीनेपाल २०७४ फागुन २० गते २०:३३ मा प्रकाशित

संविधान जारीपछि पहिलो पटक सङ्घीय संसद्को बैठक बस्दै छ । निर्वाचन सम्पन्न भएको तीन महिना पछि सोमबार अपराह्न ४ बजे दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । मङ्सिर १० र २१ गरी दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन भएको थियो भने राष्ट्रियसभाको निर्वाचन माघ २४ मा भएको थियो ।

सङ्घीय संसद्को पहिलो बैठकलाई राष्ट्रपतिले संम्बोधन गर्ने र दुवै सदनको बैठक बस्ने सम्वैधानिक प्रावधान भए पनि सङ्घीय संसद् राष्ट्रपति बाट पत्र वाचन गरिनेछ ।

सङ्घीय संसद्का ३३४ मध्ये ३२६ जनाले आइतबार पद तथा गोपनियताको शपथ लिएका छन् । प्रतिनिधिसभाका २७५मध्ये २७१ र राष्ट्रियसभाका ५५ सांसद्ले शपथ ग्रहण गरेका हुन् ।राष्ट्रियसभामा सरकार बाट मनोनीत ३ जना सांसद का विषयमा आज सर्वोच्च अदालतमा पेशी छ ।

सोमबार ४ बजेबाट सुरु हुने संसद् बैठकले सभामुख चयन, प्रधानमन्त्रीले विश्वासको मत लिने र राष्ट्रियसभा अध्यक्ष चयनको औपचारिक मिति तय गर्नेछ । 

संसद् सचिवालयले तय गरेको कार्यसूचीअनुसार पहिलो बैठकले दुवै सदनले आ–आफ्ना बैठक सञ्चालन सम्बन्धी अन्तरिम कार्यविधि पारित गर्नेछ । संसद् सचिवालयले तय गरेको कार्यसूचीअनुसार २६ गते सभामुख चयन हुनेछ । २७ गते प्रधानन्त्रीले विश्वासको मत लिनेछन् र ३० गते राष्ट्रियसभा अध्यक्षको चुनाव हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू