अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२४ | Colorodo: 18:39

कतारमा मकवानपुरे मिलन केन्द्रको साधारण सभा हुने

बिआरटी नेपाल सम्बादाता दोहा, कतार २०७४ फागुन १९ गते १५:११ मा प्रकाशित

कतारमा बस्ने नेपालीहरूको संस्था मकवानपुरे मिलन केन्द्रले आफ्नो साधारण सभा गर्ने भएको छ । यही ९ मार्च २०१८, शुक्रवार दोहामा पिक्निकको आयोजना गरी नयाँ कार्य समितिको गठन गरिने भएको छ । सन २००२ मा परिक्षित् थापाको अध्यक्षतामा उक्तको स्थापना भएको थियो ।

मकवानपुरेहरुलाई हरेक तवरले सुझाव र सहयोग गर्ने उध्यश्यले यो संस्थाको स्थापना भएको थियो । उक्त संस्थामा हाल मिलनध्वज राना अध्यक्ष छन् ।

विगतमा गरेका विभिन्न उल्लेखनीय सुकार्यहरुका कारण मकवानपुरेहरुका बिच मात्र नभएर कतारबासी सम्पूर्ण नेपालीहरूका बिच लोकप्रिय बनेको छ यो संस्था। सद्भाव र भात्रित्वभाव मज्बुद पार्नका लागि पिक्निकका साथमा साधारण सभा गर्न लागिएको हो भन्छन् संस्थाका निबर्तमान अध्यक्ष सरोज पुडासैनी ।

उक्त कार्यक्रम ९ मार्च २०१८ शुक्रवार बिहान ११ बजे देखी अल-दोसरि पार्क, साहानियामा हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू