अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५८ | Colorodo: 02:13

विद्यालय जान चार घण्टा हिँडनुपर्ने बाध्यता

रासस, रोल्पा २०७४ फागुन १९ गते ११:१९ मा प्रकाशित

अध्ययनका लागि नजिक विद्यालय नहँुदा रोल्पा नगरपालिका– ९ ह्वामाका विद्यार्थी दैनिक चार घण्टा पैदल हिँडेर विद्यालय जान बाध्य छन् ।

रोल्पा नगरपालिका– ९ ह्वामाको बागेश्वरी माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी विद्यालय आउँदा र घर फर्कँदा दैनिक चार घण्टा पैदलयात्रामै बिताउनु पर्दा उनीहरूले पढाइमा सास्ती व्यहोर्नु परेको छ ।

रोल्पा नगरपालिका– ९ को फाल्जा, गैराखुटी लगायतका गाउँबाट दैनिक चार घण्टा बढी पैदल हिँड्नुपर्ने बाध्यता रहेको विद्यार्थीले गुनासो गरेका छन् । कुवापातल, कर्तम, वेसारवाङ, चोयवाङलगायतका गाउँ पनि विद्यालय भन्दा निकै टाढाको दुरीमापर्ने विद्यार्थीले बताएका छन् ।

लामो पैदलयात्रा हिँडेर माविस्तरको पढाइ पूरा गर्ने वा निमाविस्तरको पढाइ पूरा गरेर पढाइ छोड्ने यी दुई विकल्पमध्ये एक रोज्नुपर्ने बाध्यतामा छन्, यहाँका विद्यार्थी ।

उनीहरूका लागि छिमेकी वडामा रहेका अन्य विद्यालय पनि निकै टाढा रहेका छन् । छिमेकी विद्यालयको रूपमा रहेका धवाङको गापा, मिरुलको टुटु, कुरेलीको खरिबोट, जंकोटको माडीचौर र सदरमुकाम लिवाङमा विद्यालय रहे पनि ती विद्यालय पनि निकै टाढा पर्दछन् ।

घर र विद्यालयको दुरी टाढा हँुदा पढाइमा निकै असर गरेको स्थानीय बाल क्लबका सचिव नवीन विकल दुखेसो पोख्नुभयो । हिँड्नमै धेरै समय बिताउनुपर्दा ‘अध्ययनका लागि समय पाइँदैन अनि कसरी पढाइमा सुधार हुन्छ, विकल प्रश्न गर्नुभयो । 

गाउँकै विद्यालयमा पढ्न विद्यार्थीलाई सहज होस् भनेर निजी स्रोतमा मावि सञ्चालन गरेको भए पनि भौगोलिक कठिनाइका कारण विद्यार्थी घण्टौँ पैदल हिँड्न बाध्य रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा खत्रीले बताउनुभयो । Photo: google search

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू