अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०१ | Colorodo: 11:16

टिपिएस नबिकरणकालागि लगं आईल्यान्ड न्यु योर्क नेपाली समाजको नेतृत्वमा कांग्रेसमेन पिटर किङ्गलाइ अनुरोध

बिआरटीनेपाल २०७४ फागुन १८ गते १०:३३ मा प्रकाशित

न्यु योर्क, अमेरिकी सरकारद्वारा नेपालीहरूलाई उपलब्ध गराएको टेम्पोरोरी प्रोटेक्टेड स्टाटस (टिपिएस) सुविधालाई नबिकरणका लागि पहल गरी दिन लगं आईल्यान्ड न्यु योर्क नेपाली समाजको नेतृत्वमा गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको एक प्रतिनिधि मन्डलले न्यु योर्क स्थित अमेरिकी काँग्रेस मेन पिटर किङ्गलाइ भेट गरी औपचारिक रूपमा अनुरोध गरेको छ । 

लगं आईल्यान्ड न्यु योर्क नेपाली समाजका अध्यक्ष टीका राज ढकाल र एनआरएन अमेरिकाका सचिव होमनाथ गौतम सहितको संयुक्त गएको टोलीले नेपालको वर्तमान अवस्था बारे जानकारी गराउदै अमेरिका स्थित टिपिएस स्टाटसमा रहेका नेपालीहरूमा टिपिएस नबिकरण नभएमा पर्न सक्ने आर्थिक, सामाजिक, मानसिक समस्या बारेमा काँग्रेस म्यान किङ्गलाइ अवगत गराएको थियो ।

टिपिएस अस्थायी समाधान भए पनि यसको समाधान दीर्घकालीन रूपमा खोज्नको लागि काँग्रेस म्यान पिटर किङ्गसङ्ग अनुरोध गरिएको थियो ।

छलफलका क्रममा काँग्रेस म्यान पिटरले नेपालमा गएको महाभुकम्प पछि पर्न गएको आर्थिक, सामाजिक जनजीवनमा पर्न गएको प्रभावबारे आफूलाई धेरै जानकारी रहेको बताउनु भएको र टिपिएस नवीकरणको लागि आफ्नो तर्फबाट जस्तोसुकै प्रयास गर्न परे पनि गर्ने आश्वासन दिनुका साथै होमल्याण्ड सेक्विरिटिलाइ यस सम्बन्धमा आधिकारिक पत्र पठाइसकेको र त्यसको जानकारी लगं आईल्यान्ड अमेरिकालाई समेत पठाइसकेको जानकारी लगं आईल्यान्ड न्यु योर्क नेपाली समाजका अध्यक्ष टीका राज ढकालले जानकारी दिए ।

प्रतिनिधि मन्डलको नेतृत्व संयुक्त लगं आईल्यान्ड न्यु योर्क नेपाली समाज र एनआरएन अमेरिकाले संयुक्त नेतृत्व गरेको थियो भने विभिन्न सामाजिक सङ्घ सस्ताका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । भेटघाट कार्यक्रमको संयोजन न्यु योर्क स्थित अधिवक्ता केशव सेढाइले गर्नु भएको थियो जसमा लगं आईल्यान्ड न्यु योर्क नेपाली समाजका अध्यक्ष टीका राज ढकाल एनआरएन अमेरिकाका सचिव होमनाथ गौतम, एनआरएन न्यु योर्क च्याप्टरका सचिव महेश खडका, न्यु योर्क स्थित कम्युनिटि सद्स्य तथा पूर्व एनआरएन बोर्ड अफ डाइरेक्टर मोहन ज्ञवाली, संचारकर्मी शैलेश श्रेष्ठ, अधिकार सस्ताकी प्रतिनिधि माया गुरुङ्र अधिवक्ता केशव शेढाइको सहभागिता रहेको आईल्यान्डका अध्यक्ष ढकालले बताए ।

२०१५ मा गएको महाबिनासकारी भूकम्प पश्चात् अमेरिकी सरकारले नेपालीहरूलाई प्रदान गर्दै आएको टिपिएस सुविधा नवीकरण नभएको खण्डमा झन्डै ९ हजार भन्दा बढी नेपालीहरू अमेरिका छोडन बाध्य हुनेछन् भने आश्रीत परिवारमा समेत ठुलो असर गर्ने छ । टिपिएस आउँदो जुनमा समाप्त हुँदैछ । 

प्रतिक्रिया