अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३३ | Colorodo: 05:48

राहत वितरणको अनुगमन र समीक्षा

बिआरटीनेपाल २०७४ फागुन १८ गते ९:४० मा प्रकाशित

राजविराज, चिन सरकारको सहयोगमा यूएनडिपी मार्फतसप्तरीका बाढीपीडितलाई वितरण गरिएको राहतको अनुगमन गरिएको छ । बिहीबार जिल्लाको तिलाठी गाउँपालिकामा वितरण गरिएको राहतको अनुगमन गर्दै समीक्षा समेत गरिएको छ ।

यूएनडिपीका कार्यकारी नेपाल प्रमुख सोफी केमखाजेको नेतृत्वमा रहेको टोलीले तिलाठी कोइलाडी गाउँपालिका १ तिलाठीमा अनुगमन गर्दै बिष्णुपुर गाउँपालिकास्थित सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयमा समीक्षा गरियो ।

समीक्षा कार्यक्रममा बोल्दै यूएनडिपीकी सोफीले अब राहतभन्दा बाढीबाट बच्न सकिनेतर्फ सबैले ध्यान दिनुपर्ने बताइन् । उनले सबैतिर स्थानीय जननिर्वाचित आइसकेकाले बाढी आउन नदिनका लागि योजनाहरू बनाएर कार्यान्वयन गर्न सुझाव दिइन् ।

उनले जिल्लाको विभिन्न ठाउँमा अनुगमन गर्दा राहतभन्दा भौतिक पूर्वाधारको आवश्यक्ता देखेको बताउँदै यसतर्फ सम्बन्धित निकायले ध्यान दिने विश्वास व्यक्त गरिन् ।

केही दिनअघि यूएनडिपीले सबल नेपाल मार्फत् सप्तरीको हनुमाननगर कंकालनी, राजविराज नगरपालिका, तिरहुत, तिलाठी कोइलाडी र बलान बिहुल गाउँपालिकाका ६ हजार ८ सय परिवारलाई राहत वितरण गरेको थियो ।

पानी शुद्धीकरणगर्ने फिल्टर, सुधारएको चुल्हो, कम्बल, भाँडाकुँडासहितका सामान राहत स्वरूप वितरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू