अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:११ | Colorodo: 23:26

उनको छोरीले ज्यान गुमाइन स्कुल सुटिङमा, बुधवार देखी छोरा त्यही स्कुल जान थाल्यो

बिआरटीनेपाल २०७४ फागुन १८ गते ९:५० मा प्रकाशित

दुई साता अघि १७ जनाको ज्यान जानेगरि मर्जोरी स्टोनम्यान डग्लास हाई स्कुलमा भएको गोलीकाण्डमा फ्रड गुटेनवर्गले आफ्नी छोरी जेमी गुमाए । उनका छोरा त्यही स्कुलका विद्यार्थी हुन् जो बुधवारदेखि विध्यालय गए ।

शिक्षक र विद्यार्थी विद्यायल फर्के । उक्त घटनाले बन्दुक अधिकारसम्बन्धी बहसलाई राष्ट्रिय मुद्दा बनाइदियो । तर, विद्यालय फर्केका ती शिक्षक र विद्यार्थीले शान्तिको अपेक्षा गरेका छन् । गुटेनवर्गले आफ्नो छोरो विद्यालय फर्किनुलाई तितो मिठास भएको प्रतिक्रिया दिएका छन् । ‘म डराएको छैन,’ उनले भनेका छन्, ‘किनभने यो स्कुल अब अमेरिकाको सबैभन्दा सुरक्षित विद्यालय हो । 

तर, उनले आफुलाई अझ गाह्रो भएको प्रतिक्रिया दिएका छन् । ‘मेरो छोरो उसको चेली बिनै यो बाटोमा एक्लै हिँड्छ,’ उनले भनेका छन्, ‘ऊसँग मेरो छोरीको साथी हुन्छे, तर त्यहाँ मेरी छोरी हुँदिन ।’

विद्यालय प्रशासनले यो सातादेखि विद्यार्थीहरू नियमित हुने अपेक्षा गरेको छ । ‘विद्यालय जानु मन पर्छ । तर यहाँ विद्यालयजस्तो अनुभूति हुँदैन,’ सिनियर केभिन ट्रेजोले भनेका छन्, ‘हामीले आपूmहरुलाई समेट्ने प्रयास गरेका छौँ ।’ कक्षाको सुरुवात मृतकहरूको सम्झनामा १७ सेकेण्ड मौन धारण गरेर सुरु भएको थियो । विद्यालयमा विद्यार्थीहरूलाई भावनात्मक रूपमा उत्साह दिने पोस्टरहरु टाँसिएका छन् । विद्यालयमा परामर्शदाता र तालिमप्राप्त कुकुहरुको उपस्थिति छ । ‘हामीलाई थाह छ परिस्थिति पहिलाजस्तो हुँदैन । तर, हामी कसरी अघि बढ्ने भन्ने निक्र्यौल गर्न लागि परेका छौँ,’ ब्रोवार्ड काउन्टी पब्लिक स्कुलका सुपरिटेन्डेन्ड रोबर्ट डब्लु रुन्सीले भनेका छन् ।

गोलीकाण्डले बन्दुक अधिकारसम्बन्धी कडा कानुन बनाउने मागसहित चलेको विद्यार्थी आन्दोलनलाई चर्को बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू