अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२३ | Colorodo: 16:38

मानव प्राणी जीवन र नौ ग्रहका रंगहरु “होली”

निशा अर्याल २०७४ फागुन १६ गते २१:५९ मा प्रकाशित

पन्च महाभूतबाट बनिएका यी विभिन्न प्राणीमा सर्व श्रेष्ठ हुन मानव चेतनशील प्राणी त्यसैले हरेक रीति रिवाजसंग उनीहरूको जीवनले महत्त्व राख्ने गर्दछ l वर्षमा घुम्दै आउने विभिन्न चार्डहरु मध्य होली चार्ड पनि अति नै महत्त्वको मानिने गर्दछ l

होली चार्ड प्रत्येक वर्ष फागुन मास पूर्णिमा देखि प्रतिपदा सम्म मनाइने चलन छ भने होली चार्ड सुस्मृद्ध ,गौरवशाली चार्डको रूपमा मानिने धर्म र संस्कृतिको अनौठो रङ्गले रंगिने चार्ड हो यो होली पूर्णिमा l आफन्त सँग नजिक रहेका दाजुभाइ ,दिदीबैनी,इष्टमित्र ,साथी लगायत घरपरिवार भित्रका आफन्त,मान्यजन, साना ठुलासबैसंग यो चार्डले नजिक बनाउने र प्रेमको प्रतीकको रूपमा खुसी दिने सकारात्मक चार्ड हो l त्यस्तै यो नौरंगी रङ्गले हामीलाई लोभ्याउने,र रंगाउने मात्र नभई हामीभित्रको मन ,विचार र मायाँको प्रति आफन्तले लगाएको यो स्नेह,प्रेम रुपी रङ्गले प्रत्येक्ष शरीर रुपी ममताको असर पर्ने गर्दछ l

जसरी बिहानको सूर्यको नौ रङ्गी रङ्गले धर्तीमा प्रकाश पूंज हरियाली ,चन्द्रमाको चाँदनी र पृथ्वी मण्डलमा त्यही नौरंगी इन्द्र धनुषको आकर्षणमय प्रकाशले मानव प्राणीको जीवन पन्च महाभूत स्थूल शरीरलाई जसरी सधैँ लोभ्याउने गर्दछ र रंगिन दुनियाँमा भुल्याउने गर्दछ,त्यसै गरी सम्पूर्ण ब्राह्मणडभित्र विभिध प्रकारका रंगहरुपनि समाहित हुने गर्दछनl

यो मानवीय पन्चभूत शरीरभित्रपनि धेरै प्रकारका रङ्गको मिश्रण भएको हुन्छ जस्तै :पृथ्वी तत्त्वको रङ्ग वैगुनी,वा खैरो हुन्छ भने जलको रङ्ग हरियो,निलो,देखियो झैँ ,आगोको रङ्ग रातो र पहेँलो देखिन्छ भने हाँवाको रङ्ग वैगानी भए झैँ आकाशको रङ्ग निलो हुने गर्दछ l

हामीले नौरंगी इन्द्रणी अर्थात् नौ ग्रह वा राशिफल पनि विभिन्न प्रकारको रङ्गकै तत्त्व भएको पाउँछौ l जसरी सूर्यको रङ्गको रातो वर्ण नौरंगी वा सुनौलो भए झैँ,चन्द्रमाको रङ्ग सेतो र मङ्गलको रातो हुने गर्दछ भने बुधको हरियो र शुक्रको सेतो जस्तै बृहस्पति अर्थात् गुरुको रङ्ग पहेँलो हुन्छ भने शनिको रङ्ग कालो र निलो हुने गर्दछ ,l त्यस्तै राहु र केतुको रङ्ग चारपाटे (फुस्रो) “चितकवरा”हुने गर्दछ,
त्यसै कारण यो रङ्गले होलीको चार्डमा पनि नौग्रह चल्ने भएको हुँदा एक अर्कालाई रङ्ग लगाएर मङ्गल वा शुक्रको मिलन त्यो बेलाको अति नै मंगल्कारी र रोचक हुने भएको धर्मं शास्त्रमा पनि उल्लेख गरिएको छ l

भन्ने गरिन्छ कि मङ्गलले जोस र उत्साह प्रदान गर्छ,भने शुक्रले संसारिक खुसी,प्रदान गर्दै जीवनमा वा मन भित्र प्रशन्नता बनाउने कार्य गर्दछ l

त्यस्तै गरी बुधको रङ्ग हरियो भएको हुनाले उन्नति र खुसी, प्रशन्नताको साथै प्रगति दिने सूचना दिन्छ भने यसले पारिवारिक जीवनमा ,नाता ,सम्बन्धभित्र प्रेम र ममताभित्रको स्नेह बढाएर राख्नुको साथै उमङ्ग र चाहनाको वृद्धि गर्दछ त्यस्तै नाताभित्र धानिष्टता र बलियो समन्धमा जोड्ने कार्य गर्दछ भने यो रङ्गले विछोडिएको प्रेम र नाता,वैराग,पीडालाई पनि एकापसमा जुटाएर एक बनाउने कार्य गर्दछ l
वाल विधुवाको अभिशाप जवानी जिन्दगीमा पनि यो होलीको रङ्गले जीवनलाई प्रेमको डोरीमा बाँधेर राख्नुको साथै आफ्नो पीडालाई यो रङ्गले नारी पुरुष दुवैको जीवनमा प्रेमको रंगसंग जोडेर नयापन ल्याई दिँदै खुसीभित्र मित्रताको भावना र बाच्ने अभिलाश ,उमङ्ग ,चाहना बढाउनुको साथै पिँजडा भित्र कैद उजाडिएको मनभित्रको चाहनालाई सुन्दरताको रङ्गले उनीहरूको जीवन भरि दिन्छ l यो नौरंगी रङ्गमा सत्यताको सार्थक,अटल प्रेम छापेको हुन्छ भन्ने भनाइ छ l

त्यस्तै भन्ने गरिन्छ कि शुक्रको सेतो रङ्गले मानसिक शान्ति र मङ्गलको रातो रङ्गले जीवनमा जोस,चाहना,उमङ्ग,विश्वास,आँट,दृढ भावना जगाउने गर्दछ त्यसैले होलीको दिन वृद्ध,केटा केटी,जवान,प्रेमी,प्रेमिका,नव दुलही,तथा आफन्तभित्र मित्रता, स्नेहको जोस भरिदिने यो होली रङ्ग चार्डको रूपमा मनाइने गरिन्छ l

अझै भन्नु पर्दा सूर्य विश्व आत्मा हुन र सूर्यले हाम्रो जीवनमा शान्ति,जाँगर र ऊर्जा भरिदिनुको साथै यसको रङ्गको किरण नौरंगी र सुनौलो हुने हुनाले यो रंगिन किरणले हामी बिचको आपसी सम्बन्धलाई बलियो पार्दै अनुहारको रौनकता र उत्साह प्रदान गर्छ भने चन्द्रमाको रङ्ग सेतो हुने हुँदा चन्द्रमालाई कल्पना शाक्तिको स्वामी हुन् भन्ने गरिन्छ। त्यसैले चन्द्रमाले हाम्रो मनभित्रको शान्ति र सुन्दरताको सूचना दिने गर्दछ जसले गर्दा हाम्रो मनभित्रको भावना,मनोकामनालाई साकार पार्ने बाटोको पहिचान गराउँछ र एक अर्का बिचको हिर्दयलाई जोडेर राख्न मदत पुर्याउछ । त्यसैले नै चन्द्रमालाई मनको स्वामी भनिएको हो भनेर धर्म शास्त्रहरूमा उल्लेख गरिएको पाइन्छ ।

त्यसै गरी वृहस्पति अर्थात् “गुरु”को रङ्ग पहेँलो हुनाले यो ग्रहले वैभव ,वा संवृद्धिको सूचना दिने गर्दछ । त्यसैले “गुरु “अर्थात् वृहस्पति लाई बुद्धिको स्वामी तथा विवेक को रङ्ग पनि भन्ने गरिन्छ ।
हामीले जुनसुकै शुभकार्य गर्दा पहेँलो वा गेरु रङ्ग बढी मात्रामा कार्यगर्दा शुभको प्रतीक मानेर लगाउने गर्दछौ किन कि त्यो रङ्ग शान्तिको प्रतीक खुसी, आनन्द तथा ज्ञानको प्रतीक भनेर यसबाट हामीले धेरै ऊर्जा प्राप्त गर्ने भएकोले यसलाई सौभाग्य तथा वृद्धिमा अद्धृत वृद्धि भएको अनुभूति गर्दछौ ।भने शनिको रङ्ग कालो वा निलो हुनाले निलो रङ्गलाई शक्ति र प्रशन्नाताको प्रतीक भन्ने गरिन्छ ।
त्यस्तै निलो रङ्गले हामीलाई शान्ति मात्र हैन चेतनशक्तिलाई पनि प्रभावित गर्छ,भने शनि ग्रह रात्रिका स्वामी हुन् भन्ने गरिन्छ ।शनिले चाहनाको उमङ्ग बढाउनुको साथै पिँजडाभित्र थुनिएर उजाडिएको मनभित्रको उमङ्गलाई सुन्दरताको रङ्गले भरिदिन्छ ।

त्यसैले यो नौरंगी रङ्गमा सत्यताको सार्थक अटल प्रेमभित्र छापेको हुन्छ भनिन्छ ।

त्यस्तै शुक्रको सेतो रङ्गले मानसिक शान्ति दिन्छ भने मङ्गलको रातो रङ्गले जीवनमा जोस,चाहना,उमङ्ग,विश्वास,आँट दिने गर्दछ । त्यसैले होलीको दिन बुढा,वृद्ध ,केटाकेटी,जवान,प्रेमी प्रेमिका ,नव दुलादुलाही,तथा आफन्त लगायत मित्रताभित्र स्नेहको जोस भरिदिने रङ्गको चार्ड हो यो होली ।

अझै भन्नु पर्दा सूर्य विश्व आत्मा हुन् र सूर्यले हाम्रो जीवनमा शान्ति,जाँगर र ऊर्जाले भरिदिने गर्दछ भने यसको रङ्गको किरण नौरंगी र सुनौलो हुने गर्दछर यसले हामी बिचको आपसी सम्बन्धलाई बलियो पार्दै अनुहारमा रौनकता ,उत्साह,प्रदान गर्दछ ।

त्यस्तै चन्द्रमाको रङ्ग सेतो हुनाले चन्द्रमालाई कल्पना शक्तिको स्वामी भन्ने गरिन्छ । भनिन्छ हाम्रो मनभित्रको शान्ति र सुन्दरताको सूचना प्रदान गर्छ रे जसले हाम्रो मनभित्रको मनोकामनालाई साकार पार्ने बाटोको पहिचान गराउनुको साथै एक अर्का बिचको हिर्दयलाई जोड्न मदत गर्दछ भनेर नै चन्द्रमालाई मनको स्वामी भन्ने गरिन्छ ।

त्यस्तै गरेर वृहस्पति”गुरु’को रङ्ग पहेँलो हुनाले यो ग्रहले वैभव ,समृद्धिको सूचना दिने गर्दछ भनेर नै गुरु अर्थात् वृहस्पतिलाई बुद्धिको स्वामी तथा विवेकको रङ्ग पनि भन्ने गरिन्छ ।

हामीले जुनसुकै शुभकार्य गर्दा पहेँलो,गेरु रङ्गको कपडा बढी मात्रामा शान्ति ,खुसी र आनन्द तथा ज्ञानको प्रतीक मानेर शुभकार्यमा लगाउने गर्दछौ र यसबाट हामीले धेरै ऊर्जा प्राप्त गर्नुको साथै सौभाग्य तथा बुद्धिमा अद्धृत वृद्धि भएको अनुभूति गर्दछौ ।

त्यस्तै शनि को रङ्ग कालो वा निलो हुनाले निलो रङ्गलाई शान्ति र प्रशन्नताको प्रतीक भन्ने गरिन्छ ।

निलो रङ्गले हामीलाई शान्ति मात्र हैन हाम्रो चेतनाशक्तिलाई पनि प्रभावित गर्दछ बहने शनि ग्रह रात्रिका स्वामी हुन भनेर धर्म शास्त्रमा उल्लेख गरिएको पाइन्छ ।

कालरात्रीमा हलुका निलो रङ्गबाट नै बल्वको प्रयोग सेन कोठाभित्र गरेर हेर्दा आनन्दको गहिरो निन्द्रा पनि आउँछ भन्ने विश्वास गरिन्छ र भन्ने गरिन्छ कि यो रङ्गले निन्द्रमात्र लगाउने हैन कि हाम्रो जीवन मै अति नै महत्त्वपूर्ण सुमधुर सम्बन्धलाई बलियो र हसिलो मिठासमा परिणत गरिदिन्छ ।

त्यसैले शनिकाल पुरुषको कुण्डलीमा दशक वा एकदशक भावको स्वामी हुन् अरे यो ग्रहले हाम्रो मनभित्र बलियो र गम्भीर भवनको जागृत गराउँछ भने कामना ,अभिलाशलाई पुरा गर्न भाग्यलाई समेत बलियो बनाई दिन्छ रे । त्यसैले हाम्रो शरीरमा सधैव एक रङ्गले विशेष प्रकारको उत्साह वा आफ्नो प्रभाव छाड्ने गर्दछ । चाहे त्यो होलीको रङ्ग होस वा कुनै शुभ कार्यक्रम वा नयाँ जीवन सुरु गर्ने नवदुलाहीको टीका,सिन्दूर,वा बुहारी छोरीले नारीमा भर्ने चुराको रङ्ग वा दाजुभाइ,दिदीबैनीको अटल सम्बन्ध कायम राख्ने राखी वा निधारमा लगाउने नौरंगी टिका वा गलामा लगाई दिने विभिन्न रङ्गका माला वा खानाको विभिन्न परिकार वा घर सजाउने नौरंगी फुल सबै रङ्गले हाम्रो मनलाई प्रत्येक्ष रूपले प्रभावित गर्ने गर्दछ ।

त्यस्तै सेतो रङ्गले शरीरमा महत्वकांक्षा र केशरी रङ्गले बलिदान,त्याग,त्यस्तै रातो रङ्गले हामी भित्रको उत्तेजना र कालो रङ्गले चिन्तनको साथै रहस्यको उत्पत्ति गर्दछ भने पहेँलो रङ्गले ताप,तातोको उत्पन्न गरे झैँ हरियो रङ्गले शरीरमा राधा,खोकी,वा गर्मीको सन्तुलन बनाउने गर्दछ भने निलो रङ्गले मनको शान्ति र गम्भीर बनाउँछ त्यस्तै रातो रङ्गले जीवनमा ऊर्जा शक्ति र विशेष कुराको अनुभूति दिने गर्दछ भनिएको छ शास्त्रहरूमा ।

प्राचीनकालमा पनि यसलाई वसन्तोत्सवका रूपमा आगोको घुनी बाल्दै सत्यको प्रतीक पार्वतीलाई शिवजीले पत्नीको रूपमा स्वीकार गरी कामधेनुले प्रेमवाण धनुष चलाउँदा ध्यान मग्न तपस्यामा बाधा परेको शिवजीले आफ्नो तेस्रो नेत्रबाट आगोको ज्वाला क्रोधले निकाल्दा कामधेनुको शरीर भस्म भएको र पार्वतीको अटुट प्रेमलाई स्वीकार सिद्ध भएको खुसीमा प्रेमको स्वरूप अग्निको प्रार्थना गर्दै सप्तरंगी रङ्ग एकार्कालाई लगाउँदै खुसीको चार्डको रूपमा मनाउँदै आएको पाइएको छ ।

त्यस्तै यो चार्ड प्रह्लाद कृष्णहोलिका ढुण्डा आदिका कथा माध्यमको रूपमा मानिँदै आएको हुनाले यसलाई फागु ,फगुवा, होली आदि नामबाट पुकार्दै आएको इतिहास पाइन्छ । हामीले कथाहरूको सारमा श्रीकृष्ण लीला चलचित्र तथा श्रीमतभागवत् गीताको कथा सुन्दा पनि कथाहरूमा धेरै किसिमले होलीको वर्णन गरिएको पनि पाइएको छ ।

यो पर्व वसन्त ऋतुको उत्सव भएको र फागुअघि महाशिवरात्रि तथा पछि नवरात्रि पर्ने भएकाले यस पर्वले भगवान् शिवलाई शक्तिसँग जोडी सृष्टिलाई गतिशील बनाउँदै मानवजातिलाई ऊर्जा प्रदान गर्दै शितलता र आनन्दको अनुभूति दिलाउने तथा नयाँ वसन्तमा वर्षको अन्त र नव वर्षको सुरुवात हुने यो समयलाई अति नै खुसीयाली गरेर अन्तलाई बिदा गर्दै आउने नयाँ चुनौतीको स्वागत गर्ने रूपमा यो चार्ड विभिन्न रङ्ग,खेलेर मनाइने गरिन्छ ।

विक्रम संवत् वसन्त ऋतुबाट नै आरम्भ हुने भएकोले गर्दा ब्रह्मा जीले पनि सृष्टिको शुभारम्भ फागुपुर्णिमा मनाउने वसन्त ऋतुको समय नै गर्नु भएको कुरा ब्रह्मपुराणको कथाहरूमा उल्लेख गरिएको पाइन्छ । फागुले सृष्टि प्रगति स्फूर्ति तथा नयाँ सौन्दर्य प्रदान गरी हाम्रो नयाँ वर्ष प्रवेशलाई मङ्गलमय र गतिशील बनाउँछ भनेर पनि वर्णन गरिएको छ भने अर्को रूपमा यसलाई होली पूर्णिमाको रूपमा किन मनाइयो भन्ने प्रसङ्गमा यसरी पनि कथा उल्लेखछ ।

प्रेमका साक्षात्स्वरुप श्रीकृष्णले कंसकी बहिनी पुतनालाई मारेपछि गोपाल र गोपिनीसँग रासलीलाका साथै रङ खेलेर उत्सव मनाइएको स्मरण गर्दै ,एक अर्का प्रतिको आधात माया र प्रेमलाई जीवन्त राख्न आज पनि वृन्दावनमा त्यही खुसीको स्मरण गर्दै होलीपुर्निमाको दिन पुतला बनाएर जलाउने र त्यसको सम्झनामा अहिले पनि हर्षोल्लासका साथ फागुपर्व धूमधामसँग मनाइने परम्परा जीवित नै रहेको पाइन्छ ।

राक्षसहरूले स्वर्गका देवताहरूलाई पराजित गर्न लागेपछि तिनको रक्षा गर्ने उद्देश्यले देवताहरूको अनुरोधमा कामदेवले तपस्यारत महादेवको निधारमा बाण हान्दा त्रिनेत्रको ज्वालाबाट भस्म भएपछि उनकी श्रीमती रतीको अनुरोधमा पुनः उनीहरूको मिलन भएको दिनका रूपमा खुसी भएर यो चाड मनाउन थालिएको भनेर पनि भनिएको छ ।

त्यस्तै गरी आङ्गना पुत्र प्रह्लाद श्रीविष्णु भक्त भएपछि हिरण्यकश्यपुले आगोबाट नजल्ने वरदान पाएकी बहिनी होलिकालाई प्रह्लादलाई मार्ने आज्ञा दिएकाले होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा जाँदा प्रह्लादलाई केही नभई होलिका स्वयम् जलेर भस्म भएको देखेर प्रह्लादले तत्कालीन समाजमा सत्यको पक्षमा भक्ति गरेर ऋषिहरूलाई प्रेरित गरेकाले उनकै सम्झनामा होली मनाइने प्रचलन रहेको भनेर पनि विभिन्न धार्मिक कथाहरूमा पढ्न ,तथा महात्मा ज्ञानीहरुले कथामा भन्दै आएको पनि सुन्न पाइन्छ ।

प्रेमको रङ्ग यो चन्दन सरी
रङ्गमै डुब्ने चार्ड हाम्रो दिनै भरी ..
ए सर रर्र…
सर रर्र सर रर्र सर रर्र,…
तालमा ताल मिलाई नाचौँ …
सर रर्र..
आकाशको रङ्ग हुन्न रातो ,हरियो
पानीको रङ्ग हुन्न सागर निलो..ए सर रर्र…
होलीको रङ्ग यो हैन हिलो ..
प्रेमको रङ्ग खेल्न किन ढिलो ,..?
ए सर रर्र..
सर रर्र सर रर्र सर रर्र..
घुमी घुमी नाचौँ गाउँ सर रर्र..
यै रङ्गमा डुबेर ज्यानै भिज्यो…
प्रेम रङ्ग हो जीवनको किन झिजो, ? ए सर रर्र ..
मायाले लाई देउन मिठो रङ्ग
यै रङ्गमा रम्ने सबै साथी सँग ..ए सर रर्र…
ए सर रर्र सर रर्र सर रर्र…
प्रेमको रङ्ग छरौँ सर रर्र..
श्रीकृष्णले पुतना मारेपछि ,
गोपिनीसँग रङ्गमा डुब्दै रचे लीला …ए सर रर्र…
कामदेवले महादेवको निधारमा
बाण हान्दा त्रिनेत्रको ज्वालाबाट ,
भस्म हुँदा खेरि खेले रङ्गमा डुबी …ए सर रर्र…
रतीको अनुरोधमा रङ्ग छर्दै ,
नाची नाची रमाएका खेल्दै होली..ए सर रर्र…
ए सर रर्र सर रर्र सर रर्र ….
आऊ साथी रङ्ग खेल्यौ मिलीजुली ,
प्रेमको रङ्गमा घुल्न पाऊ यसै गरी,
ए सर रर्र सर रर्र सर रर्र..
फुलबारीमा राम्रो फुल फुले सरी .. सर रर्र…
नाचौँ गाउँ ,हासौ रमाऊ यसै गरी सर रर्र..
सर रर्र सर रर्र,सर रर्र ,
नाच गाउँ रङ्ग लगाई सर ..रर्र,ए सर रर्र…..
होलीको रङ्ग आयो प्यारो गरी
सबैतिर रङ्ग लाऊँ जीवै भरी …
ए सर रर्र…

त्यसैले होली पर्वको प्रयोग तपाईँहरूको आफ्नो जीवनमा ,आफन्तमा प्रेमको रङ्गले अति नै उत्साहित भएर ऊर्जा शक्ति तथा मधुरता र स्नेहले रंगिनु जसरी तत्त्व रङ्ग वा गुणको विविधता भएरपनि नव ग्रहपनि एक अर्कामा प्रेम रङ्गले एक अर्काभित्र समाहित रहेर बर्सिएका छन् र इन्द्रणी भएर बर्साउन सक्छन् भने हामी प्राणीमा चेतनशील मानव भएर त ईश्वरले कर्म र धर्म, संस्कार भित्र दिनु भएको सुन्दर चार्डहरु हाम्रो मानव जीवनमा स्नेह,प्रेम,ममताको सकारात्मक रङ्गको वर्षात गराउन सक्दैनौ र?

नयाँ उमङ्ग लिएर आउनलाई प्रेरित गरिरहेको नयाँ वसन्त ऋतुको स्वागत सात रङ्गी रंगहरुले सबै साथी,इष्ट मित्र,दाजु,भाइ दिदी बैनी,तथा आफन्तहरूको जीवनमा शान्ति ,आनन्द,सुख र सम्बृद्धिको कामना गर्दै हामी पनि एक अर्का बिच श्रद्धा,स्नेह,माया,प्रेम,आनन्दको रङ्गले उत्साहित भएर आपसी वैरभावलाई पर सार्दै खुसीको रङ्गले पिडा,दुख,वेदनालाई बिर्साउन हाँसोको रङ्ग भरिदिउ ।