अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०३ | Colorodo: 18:18

डाक्टर र नायिका प्रियंका कार्कीको रोमान्स

कृष्ण भट्टराई २०७४ फागुन १६ गते १०:४९ मा प्रकाशित

काठमाडौँ– चिकित्सा पेसामा आबद्ध गायक हुन् डा.विक्रान्त मेहता । चिकित्सा पेसामा रहेर पनि साङ्गीतिक क्षेत्रसँग यी यी गायकको नजिकको सम्बन्ध छ । पेसाले अर्थोपेडिक सर्जन डाक्टर विक्रान्त मेहता फुर्सदको समयमा साङ्गीतिक माहौलमा निकै रमाऊछन् । डाक्टरी पेशासगै गायनमा पनि रुचि राख्ने उनी बेला–बेलामा गीतहरू रेकर्डिङ गराइ रहन्छन् ।

यसैबिच यो साता उनी आफ्ना नयाँ गीतको म्युजिक भिडियो लिएर दर्शक तथा श्रोतामाझ आएका छन् । ‘तिम्रो आँखा मेरो आँखा’ शीर्षकको गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ ।

म्युजिक भिडियोमा गायक मेहताले नायिका प्रियंका कार्कीसँग अनस्क्रिन रोमान्स गरेका छन् । सङ्गीतकार वसन्त सापकोटाद्वारा संगीतबद्ध यो कर्णप्रीय गीतका शब्दहरू गायक विक्रान्त तथा नारायण खनालले संयुक्त रूपमा रचना गरेका हुन् ।

अर्जुन अधिकारीको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाङ्कन ले छायाङ्कन गरेका हुन् । भिडियोमा निशान घिमिरेको सम्पादन छ ।

सुगम संगीतसंगै चलचित्रको पाश्र्व गायनमा पनि व्यस्त यी गायक आफूलाई नेपालकै पहिलो पाश्र्व गायक डाक्टरका रूपमा चिनाऊ“छन् । ‘मैले छोटो समयमा नै विभिन्न चलचित्रका लागि २० वटा भन्दा बढी गीत गाईसकेको छु,’उनले भने । विक्रान्तले ‘चिनारी’, ‘किन रुन्छ यो मन’, ‘अस्मिता’, ‘टिनेज’ आदि चलचित्रका गीतमा स्वर दिइसकेका छन् ।

विक्रान्तले अञ्जु पन्त, रोजिना रिमाल र जानु प्रसाई जस्ता चर्चित गायिकासँग पनि यूगल गीत गाइसकेका छन् । उनको स्वरमा रहेको आधुनिक गीतका भिडियोलाई पनि दर्शकले राम्रो रुचाएका छन् ।

यस्तो छ तिम्रो आँखा मेरो आँखाको म्युजिक भिडियो: