अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३४ | Colorodo: 06:49

नकुहिने पलाष्टि कम्पनीलाई प्रतिबन्ध गर्ने मन्त्री पण्डितको तयारी

बिआरटीनेपाल २०७४ फागुन १५ गते १:४६ मा प्रकाशित

जनसंख्या तथा वातावरण मन्त्री लाल बाबु पण्डितले नकुहिने प्लाष्टिक उत्पादन गर्ने कम्पनीहरुलाई प्रतिबन्ध लगाउने बताउनु भएको छ ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डितले नकुहिने गरी खाद्यान्न लगायत अन्य बस्तुका सामान प्याकेजिङ गरिएका सामानमा प्रतिबन्ध लगाउने र नकुहिने प्लाष्टिक कम्पनीलाई उत्पादन प्रतिबन्ध गर्ने बताउनु भयो ।

नेपाल सरकारले तोकेको मापदण्ड भन्दा बाहिर गएर आयत गरिएका सामानहरुमा समेत प्रतिबन्ध लगाउने तयारी भईरहेको भन्दै अव आयत हुने सामानको ल्याव परिक्षण गरि तोकिएको मापदण्ड अनुरुप मात्र नेपाल भित्रने उहाँको दावी छ ।

उहाँले बैशाख १ गतेदेखि महानगर तथा उपमहानगरमा हरियो स्टिकर हुनेले मात्र सवारी सञ्चालनमा ल्याउन पाउने बताउनु भयो । हरियो स्टिकर टालेको सवारी साधन समेत प्रदुषणमय भेटिएको भन्दै अव त्यस्ता सवारी साधन परिक्षण गर्ने कर्मचारीको नाम समेत उल्लेख हुने र प्रदुषणयुक्त फेला परेमा सवारी धनी र कर्मचारीलाई समेत कारवाही गरिने हुने बताउनु भयो ।

त्यस्तै वाताबरणको ख्याल नगरि कानुन मिच्दै निश्चित ब्यक्तिले फाईदा लिई रहेको ईट्टा भट्टाहरुलाई समेत वातावरणमैत्री बनाउने र गलत रहेकालाई तत्कालै कारवाहीको दायरमा ल्याउन लागेको बताउनु भयो ।

बिश्वकै पाँचौ फोहर राजधानीका रुपमा परिचित काठमाडौलाई अवको एक बर्षमा माक्समाण्डुबाट काठमाडौ बनाउने तर्फ अग्रसर रहेको बताउँदै उहाँले हाल उपत्यका भित्र २०, ४० रुपैयाँँमा प्रयोग भईरहेको माक्स मनको सन्तुष्टिका लागि मात्र प्रयोग भईरहेको र उपत्यकाको वातावरण अनुुसार न्यूनतम २५ सय देखि ३ हजार रुपैयाँको माक्स आवश्यकता रहेको समेत बताउनु भयो ।

वातवरण प्रदुषण गर्न लागिपरेका केही ठूला होटल उद्योगहरुलाई समेत कारवाहीको गरिरहेको र अन्यलाई समेत कारवाही गरिने उहाँले बताउनु भयो ।

एक स्थानमा उद्योग दर्ता गर्दै अर्को स्थानमा उद्योग सञ्चालन गरि वातावरण बिग्र्रानेहरुलाई कारवाहीको दायरमा ल्याउने र आवश्यकता अनुसार सरकारले कानुनी दायरमा रहेको उद्योगलाई वातावरण मैत्री उद्योगको बिकास तर्फ लाग्ने बताउनु भयो ।

उहाँले फोहोर गर्नेलाई समाज स्तरबाटै कारवाही गरिनु पर्ने भन्दै सभ्य र सफा समाज निर्माणमा स्वयम आफ्नो भूमिका सम्झे मात्र सफाई अभियानले सार्थकता पाउने उहाँको भनाई छ ।

सञ्चारकर्मीहरुको जिज्ञासालाई पूणता दिँदै उहाँले मन्त्री मण्डलको बिस्तार ढिलाई हुनुमा थोरै मन्त्रालय र धेरै आकांक्षीहरु रहेकाले अब हप्तादिनसम्ममा मन्त्री मण्डलले पूर्णता पाउने बताउनु भयो ।

सरकारमा समाजवादी फोरमको समेत सहभागी हुने बताउँदै तत्कालै संबिधान संसोधन नभए पनि समयको आवश्यकता अनुसार संसोधनको प्रक्रिया अघि बढ्न सक्ने उहाँको टिप्णी थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू