अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४८ | Colorodo: 20:03

एनपीपीएले मेरिल्याण्डमा नेटवर्क कार्यक्रम सम्पन्न

विजय थापा २०७४ फागुन १४ गते ११:४८ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रमा २७ वर्ष अगाडि स्थापना भएको नेपा पास पुचः अमेरिकायले गत फेब्रुअरी २४ तारिख बिद्यार्थीहरुका लागि नेटवर्क (सञ्जाल ) कार्यक्रम को आयोजना सफलता पूर्वक सम्पन्न गरेको छ । यस कार्यक्रमको उद्देश्य सामुदायिक युवाहरूलाई सम्भावित सम्भावकहरू सँग जोड्ने रहेको बताइएको छ । यो कार्यक्रमको कल्पना भनेको यस नेटवर्किंग(सञ्जाल) अवसर युवाहरूको लागि पुरस्कृत पेशेवर विकासको वृद्धि गर्न गरिएको आयोजकले जनाएका छन् ।

उक्त कार्यक्रममा ७० जना भन्दा ज्यादा विभिन्न पृष्ठभूमिका मानिसहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा विद्यालयका विद्यार्थी ,कलेज/महा विद्यालयका विद्यार्थीहरू जो अध्ययन समाप्त गरे पछि नयाँ जागिर ,नयाँ पेसा ,परामर्श ,सल्लाह तथा नयाँ अवसरका खोजीमा रहेका अधिकांश को सहभागिता रहेको थियो ।

कार्यक्रमको आयोजना नेपा पास पुचः अमेरिकाय को युवा समूहले आयोजना गरेको थियो भने उक्त कार्यक्रममा ५ जना वक्ताहरू रहेका थिए । जसमा नासाका वैज्ञानिक लोक लम्साल , एनआइएच का पोष्ट डकटोरल फेलो (विधा वारिधि ) रोशन लाल श्रेष्ठ ,वरिष्ट सूचना प्रविधि बिशेसज्ञ प्रभाश श्रेष्ठ ,नागरिक अभियन्ता (सिभिल इन्जिनियर) बिप्लेश निरौला तथा युवा सूचना व्यावसायिक अनुघ श्रेष्ठ रहेका थिए । उक्त सञ्जाल कार्यक्रममा वक्ताहरूले सारगर्भित तथा महत्त्वपूर्ण कुराहरू राखेका थिए भने कार्यक्रम सञ्चालन एनपीपीए का महा सचिव कृतिश्मा श्रेष्ठले गरेकी थिइन् । एनपीपीए का अध्यक्ष राजु जोशीले कार्यक्रम आयोजना गर्नु को उद्धेश्यको बारेमा प्रकाश पारेका थिए ।

प्रतिक्रिया