अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४८ | Colorodo: 06:03

मोरङ जिल्लाको विद्यमान दोहोरो स्वामित्व समाधान गर्न जोड

बिआरटीनेपाल २०७४ फागुन १४ गते ८:१८ मा प्रकाशित

मोरङका प्रमुख जिल्ला अधिकारी रत्नप्रसाद आचार्यले जिल्लाको पथरीशनिश्चरेमा विद्यमान जग्गाको दोहोरो स्वामित्वको समस्या समाधान गर्न नगरपालिका कार्यालयले प्रक्रिया अगाडि बढाउनु पर्ने बताउनु भएको छ । प्रमुख जिल्ला अधिकारी आचार्यले पथरीशनिश्चरे नगरपालिका कार्यालयमा त्यहाँका जनप्रतिनिधिहरुसँग आज साँझ आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सो कुरा बताउनु भएको हो ।

उहाँले दोहोरो स्वामित्वको समस्या समाधानका लागि आफुहरुले सहयोग गर्ने वताउँदै चाँडै नै दुवै पक्षको प्रतिनिधि राखेर छलफलमा जानुपर्ने सुझाव समेत दिनुभयो ।

स्थानीय तहले संघीय संरचनाको ढाँचामा काम गर्दा परेका अप्ठ्यारा कुराहरुलाई केलाएर त्यसलाई निराकरण गर्ने बारेको अन्तरक्रियामा नगरमा दोहोरो स्वामित्वका साथै शान्ति सुरक्षा सहितका विविध पक्ष जनप्रतिनिधिले उठाएका छन् ।

सो क्रममा, कुसे प्रहरी चौकीका इञ्चार्ज नन्दलाल अधिकारी थारुले नगर उपप्रमुख यमुना विष्टसँग सुरक्षा सहयोगका सन्दर्भमा भएको फोनवार्तालाई थारुबाट गलत रुपमा व्याख्या गरेर सञ्चारमाध्यममा ल्याएको नगरप्रमुख दीलिपकुमार राईले उल्लेख गर्नुभयो ।

प्रहरीले समन्वय नगर्ने प्रवृत्तिको सो घटनाले न्यायिक समिति संयोजक विष्ट सहितका सदस्यलाई काम गर्न असहज भएकाले घटनाको छानविनका लागि न्यायिक समिति सदस्य भद्रमान विश्वकर्मा र दुर्गाप्रसाद सिटौलाले माग गर्नुभएको थियो । पथरीशनिश्चरे ६ की कमली चन्द्रवंशीले नोगेन मण्डलको जग्गा किन्छु भन्दै बैना र कागज गरेपनि जग्गा नकिनी जग्गा समेत नछोडेको घटनालाई उपप्रमुखसँग जोडेर अनर्गल कुरा बाहिर ल्याइँदा न्याय समितिलाई काम गर्न अप्ठेरो परेको उहाँहरुले उल्लेख गर्नुभयो ।

सो सम्वन्धमा सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले प्रहरीले स्थानीत तहसँग समन्वय गर्नुपर्ने कुरा वताउँदै सो बारेमा आफुले अध्ययन गर्ने जवाफ दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी आचार्यको नेतृत्वको टोलीले आजै लेटाङमा पनि स्थानीयसँग सोही प्रकारको अन्तरक्रिया गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू