अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३७ | Colorodo: 11:52

बेलायतलाई हराउँदै म्याग्दी समाज पोर्चुगल (मोना) ले उपाधि हासिल गर्यो

लिस्बोन २०७४ फागुन १४ गते ७:२८ मा प्रकाशित

राजधानी लिस्बोनमा पहिलो लखन स्मृती खुल्ला युरोप स्तरिय भलिवल प्रतियोगिता सम्पन्न भयो ।

नेपालका पहिलो सहिद लखन थापा मगरको १४१औँ स्मृती दिवस तथा राष्ट्रीय चाड माघे सकरातीको अवसर पारेर आयोजना गरिएको उक्त भलिवल प्रतियोगितामा बेलायत,डेनमार्क,फ्रान्स,लग्जम्वर्ग र पोर्चुगलका गरि ११ टिम सहभागी भएका थिए ।

“खेलकुद,अनुशाशन,गतिशिलता,भातृत्व र सभ्य नेपाली डायस्फ़ोरिक नेपाली समाज निर्माणमा हाम्रो दायित्व”मूल नारा बोकेको उक्त प्रतियोगितामा  म्याग्दी समाज,पोर्चुगल (मोना)ले २ हजार युरो नगत तथा ट्रफी सहित पहिलो पुरस्कार जितेको छ भने १ हजार ५ सय युरो नगद तथा ट्रफी र प्रमाण पत्र सहित बेलाएतले दोस्रो पुरस्कार हासिल गरेको छ भने तेस्रो स्थानमा पोर्चुगलकै दुई टिम बुर्तिबाङ्ग र बाग्लुङ्गले  सहमतीमा ५ सय युरो नगद तथा ट्रफी र प्रमाण पत्र सहित तेस्रो पुरस्कार प्राप्त गरेका छन् ।

पोर्चुगलमा पहिलो पटक आयोजना गरिएको उक्त प्रतियोगितामा उल्लेख्य मात्रामा दर्शकहरुको उपस्थिति रहेको थियो भने बिभिन्न सास्कृतिक झल्कने नृत्यहरु र बिभिन्न खानाका परिकारहरु समेतको व्यवस्था गरिएको उक्त कार्यक्रममा   दर्शकहरुमा उत्साहजनक उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि लिस्बोनका लागि नेपाली अवैतनिक बाणिज्यदुत मकर बहादुर हमाल ,पोर्चुगलका लागि नेपाली पर्यटन दुत तथा पुर्व आइसीसी सदस्य रमेश कुमार गुरुङ,एन आरएनए ,पोर्चुगलका अध्यक्ष कुबेर कार्की तथा आदिवासी जनजाती महासंघ,पोर्चुगलका अध्यक्ष नर भुपाल राई लगाएत अतिथिद्वारा बिजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

आयोजकका तर्फबाट  मगर समाज ,पोर्चुगलका तर्फबाट बिभिन्न क्षेत्रमा अमुल्य सहयोग तथा योगदान गरेका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

खेल अबधिभर उत्कृस्ट खेल प्रदर्शन गरे बापत मोना,पोर्चुगलका खेलाडी कमल गर्बुजा मगर म्याच अफ द म्यान घोषित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू