अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१९ | Colorodo: 06:34

चलचित्र ‘ह्याप्पी डेज’ को प्रदर्शन मिती २ साता अघि सर्यो

बिआरटीनेपाल २०७४ फागुन १४ गते ३:४२ मा प्रकाशित

चलचित्र ‘ह्याप्पी डेज’ को प्रदर्शन मिति दुईसाता अघि सरेको छ । यसअघि माघ १२ गतेबाट चैत १६ गतेलाई प्रदर्शन मिति तय गरिएको यो चलचित्र चैत २ गते नै प्रदर्शनमा आउने भएको हो ।

बलिउड स्टार टाइगर श्राफ अभिनीत ‘बागी २’ चलचित्र चैत १६ गते प्रदर्शन हुने भएकोले  ‘ह्याप्पी डेज’ लाई अघि सारिएको हो । यो भन्दा अघिपनि बलिउड चलचित्र ‘पद्मावत’ का कारण माघ १२ गतेबाट रिलिज डेट सरेको थियो ।

अभिनेता दयाहाङ राई र अभिनेत्री प्रियंका कार्की स्टारर ‘ह्याप्पी डेज’को टिमले नयाँ प्रदर्शन मिति तयसँगै कभर भिडियो प्रतियोगिता पनि आब्हान गरेको छ । जसमा सहभागी हुन इच्छुकले चलचित्रमा समावेश ‘चेप्टे चेप्टे’ गीतमा कभर भिडियो बनाउनु पर्ने छ । कभर भिडियो जुनसुकै युट्युब च्यानलबाट अपलोड गरिए पनि त्यसको लिंक ‘हयाप्पी डेज’ को अफिसियल फेसबुक पेजमा पढाउनु पर्ने छ । युट्युबमा सर्वाधिक भ्युज पाउने भिडियोलाई निर्माण पक्षले बिजेता घोषणा गरि १ लाख नगद पुरस्कार प्रदान गर्ने छ । कभर भिडियो प्रतियोगिताको अन्तिम समय फागुन मसान्तसम्म छ ।

सञ्जय गुप्ता, दीया पुन, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स, जेन बकल लगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्मलाई रामकुमार केसीले खिचेका हुन् । मिलन चाम्स निर्देशीत रोमान्टिक ड्रामा मिश्रित ‘ह्याप्पी डेज’ लाई लन्डन सिने आइ र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो । वीपि खनाल, भवानी शर्मा, हिराल जोशी र मिलन चाम्स निर्माता रहेको यो फिल्मको छायांकन बेलायतका अलावा नेपाल, वेल्स, इङ्ल्याड, स्कटल्यान्ड लगायतका देशहरुमा गरिएको छ । पैसा कमाउन बेलायत पुगेको एक नेपाली युवकको बैधानिक बसोबासका लागि गर्ने संघर्षको कथा फिल्मले बोल्छ ।

प्रतिक्रिया