अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०८ | Colorodo: 03:23

नेपाल औषधी लिमिटेडले भोलीबाट सिटामोलको व्यवसायीक उत्पादन सुरु गर्दै

बिआरटीनेपाल २०७४ फागुन १३ गते ७:२८ मा प्रकाशित

नेपाल औषधी लिमिटेडले भोलीबाट सिटामोलको व्यवसायीक उत्पादन सुरु गर्ने भएको छ। केही दिन देखी सिटामोलको परिक्षण उत्पादन गर्दै आएको पूर्ण सरकारी स्वामित्वको नेपाल औषधी लिमिटेडले परिक्षण उत्पादन सफल भएकाले सोमबार बाट व्यवसायीक उत्पादन शुरुगर्ने लागेको महाप्रबन्धक रोभसकुसम सुवेदीले बताउनु भयो ।

२०६७ साल देखी पूर्णरुपमा बन्द अबस्थामा रहेको सो उधोग तत्कालीन उधोग मन्त्री नवीन्द्र राज जोशीको पहलमा एक बर्ष अधि देखी पून संञ्चालनमा आएको थियो।

सिटामोल उत्पादन पछि अब ट्यावलेट समूहका थप छ वटा औषधिहरुको व्यवसायीक उत्पादन शुरुगर्ने दिशामा रहेको महाप्रबन्धक सुवेदीले बताउनू भयो।

बन्द हुनु पूर्ब उधोगले एक सय भन्दा बढि प्रकारका औषधीहरु उत्पादन गर्दै आएको थियो।

विस्व स्वास्थ्य संगठनको मापदण्ड WHO GMP पुरा गर्न नसक्दा उधोग बन्द भएको थियो।

अहिले उधोगले विस्व स्वास्थ्य संगठनले तोकैको मापदण्ड WHO GMP पुरागरी औषधी उत्पादन शुरु गरेको हो।

नेपाल औषधी लिमिटेडले उत्पादन गर्ने औषधीका लागी बजारको अभाव नरहेको भन्दे महाप्रबन्धक सुवेदीले अहिले पूर्वाधारमा सरकारको लगानी खोजिएको बताउनु भयो।

तत्कालीन सरकारले १४ करोड ६५ लाख रुपैयाँ निकासा गर्ने भनेपनि हाल सम्म करिव छ करोड रुपैयाँमात्र निकासा भएको महाप्रबन्धक सुवेदीले बताउनु भयो ।

स्वास्थ्य मत्रालयको आपूर्ती महाशाखाले मात्र बार्षिक १३ करोड रुपैयाँ मूल्य बराबरको सिटामोल खरिद गर्ने गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू