अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५५ | Colorodo: 07:10

युएईमा आयोजित ‘पाटा एडभेन्चर ट्राभल मार्टमा’ नेपालको साहसिक पर्यटन प्रबर्धन

बिआरटीनेपाल २०७४ फागुन १३ गते ६:४८ मा प्रकाशित

पाटा नेपाल च्याप्टर, नेपाल पर्यटन बोर्ड र नेपाल बायु सेवा निगमको समन्वय तथा सहकार्यमा ११ वटा निजी पर्यटन व्यवसायीक कम्पनीहरु सहित फेब्रुअरी २१ देखि २३ सम्म युएईको अल आइनमा आयोजित पाटा एडभेन्चर ट्राभल एण्ड रिस्पोंसिबल टुरिजम कन्फेरेन्स एंड मार्ट मा नेपालले सक्रिय एवं प्रभावकारी सहभागिता जनाएको छ ।

३३ वटा विभिन्न मुलुकहरुबाट १८० जना जना को सहभागिता रहेको मार्टमा नेपालबाट पाटा नेपाल च्याप्टर, नेपाल पर्यटन बोर्ड र नेपाल बायुसेवा निगमसहित ११ वटा निजी पर्यटन व्यवसायीक कम्पनीहरु क्रमश: लांगटाङ्ग री ट्रेक्किङ्ग, हाई ग्राउण्ड एडभेन्चर , रोयल माउन्टेन ट्राभल, एक्सप्लोर हिमालया ट्राभल, हिमालयन होलिडेज ट्रेक्किङ्ग,  एडभेन्चर आउटडोर ट्रेक्स, नेपाल सेन्चुरी ट्रेक्स, हिमालयन कैलाश ट्राभल एण्ड टुर्स, शिभालय टुर्स, के जी एच ग्रुप अफ होटेल एण्ड रेसोर्ट्स, सोल्टी क्राउन प्लाजाले सहभागिता जनाएका हुन् ।

यू ए ई का संस्थापक सेख जायेद बिन सुल्तान अल नयन को १०० औं जन्मजयन्ती मनाईरहेको अवसरमा यूएईले मार्टको आयोजन आतिथ्यता (होस्ट) गरेको हो र संस्कृति तथा पर्यटन बिभाग,आबुधाबी का कार्यकारी निर्देशक सुल्तान  अल  मुतावा अल  धहेरीले मार्टको उदघाटन गरेका थिए । पाटा अन्तररास्ट्रीयका सीईओ डा. मारिओ हार्डीले पाटाले प्रशान्त एसिया क्षेत्रभित्र रहेका सम्पूर्ण सरोकारवाला निकाय तथा ब्यक्तीहरुका लागि हितकारी योजना निर्माण, हरेक गन्तब्य वा देशको बिशेषता र बिभितताको प्रबर्धन गर्ने आवश्यकतालाई मध्यनजर गर्दै सक्रियरुपमा कार्यरत रहेको र प्रश्तुत मार्ट नया विचार सृजना र सरकारी तथा निजीक्षेत्र संघ-संस्थाहरु बीचको सहयोग तथा सहकार्यमा सुधार ल्याउन उत्प्रेरकको रुपमा सफल रहेको बताउनु भयो ।

“एडभेन्चर इन न्यू ईरा” अर्थात “नया युगमा साहसिक पर्यटन” मूल नाराका साथ् आयोजित उक्त मार्टमा साहसिक यात्रा तथा पर्यटन क्षेत्रको बिबिधता, चुनौती एवं अवसरहरुका बारेमा छलफल गर्न एवं सहभागीहरुलाई साहसिक  पर्यटनको समसामयिक प्रवृतिहरु अवगत गराउन विभिन्न मुलुकका सरकारी तथा निजी क्षेत्रमा संग्लग्न अग्रिणी अन्तररास्ट्रीय बिज्ञहरुलाई समेत आमन्त्रण गरिएको थियो ।

सहभागी हरुले एकदिने कन्फरेन्समा १५ जना अगुवा, सोच अभियन्ता तथा परिवर्तन बाहक बिज्ञबक्ता तथा प्रस्तोताहरु मार्फत बिबिध शिर्षकहरु जस्तै “बर्ष २०१८ – २०२१ का लागि बिबिध यात्रा प्रवृतिहरु तथा निबिनतम  अभ्यासहरू”, फेसबुक तथा इन्स्टग्राम जस्ता सामाजिक संजालबाट सफल गन्तब्य प्रबर्धनका गोप्य शुत्रहरु”, नया युगका लागि साहसिक पर्यटन, इत्यादी  मा छलफल तथा ज्ञान हासिल गर्ने अवसर प्राप्त गरे।

पाटा नेपाल च्याप्टरका सिईओ सुरेश सिंह बुडाल ले मार्ट्को सहभागिता साहसिक पर्यटन को बिबिध आयामहरू तथा समसामयिक र नया प्रब्रितिहरुको बारेमा ज्ञान प्रदान गर्ने तथा व्यापार प्रवर्धनको एउटा महत्वपुर्ण  मंच भएको बताउनु भयो । वहाँले नेपालमा हरेक प्रकारको साहसिक पर्यटकहरुको तिर्खा मेटाउने स्रोत तथा बस्तुसेवाहरु उपलब्ध भएको र विश्व पर्यटनमै सबैभन्दा तिब्र गतिमा वृद्धि भैरहेको साहसिक पर्यटन नेपालका अप्रयुक्त पर्यटन सम्भावनाहरु प्रफुष्ठित गराउने माध्यम भएको र देशको अधिकतम सम्भावनाहरु पहिचान गरी नबिनतम डिजिटल मार्केटिंगको प्रवृति आत्मसाथ गर्दै नेपाललाई साहसिक पर्यटनको परम गन्तव्यको रुपमा सक्रिय प्रबर्धन तथा मार्केटिंग गरिनुपर्ने बताउनु भयो ।

यूएई मा आयोजित यो एडभेन्चर मार्ट नेपालको साहसिक पर्यटनका अनेक गतिबिधिहरु तथा सम्भावनाहरु प्रबर्धन गर्ने र नेपाली अपरेटर्स हरुलाई अरेबियन मार्केट विश्लेषण गर्ने महत्वपूर्ण मंच रह्यो।

काठमाडौँ सित सातामा ७० भन्दा  बढी उडानहरुले जोडिएको अरेबियन  मार्केट नेपालका लागि  उच्च स्तरीय पर्यटकहरु भएको सम्भाव्य स्रोत मार्केट हो । यद्धपी, यो मार्केट राम्ररी प्रबर्धन तथा बजारीकरण नगरिएको भएतापनि नेपाल अरबी मुलुकहरुमा साहसिक गन्तव्यको रुपमा परिचित छ ।

सन् २०१२ मा राजकुमार बदर बिन खालिद बिन फाहद ले नेपालमा सफलतापूर्बक एवेरेस्ट आरोहण गरी सात वटै महादीपका उच्च हिम्सृन्खालाहरु आरोहण गर्ने पहिलो साउदी अरेबियन को कृतिमान बनेका थिए । आधिकारीक तथ्यांक अनुसार, प्रतेक बर्ष ५ देखी ६ हजार अरेबियन पर्यटक हरु नेपाल  भ्रमण गर्ने गरेको पाइन्छ । प्राकृतिक, संस्कृतिक तथा साहसिक यात्राको को बेजोड संयोजनले सजिएको नेपाल का लांगटाङ्ग, अन्नपुर्ण, काठमाडौँ  उपत्यका, मुस्ताङ्ग, पोखरा र  चितवन जस्ता मनमोहक गन्तब्यहरु  उचित बजार अनुसन्धान तथा ब्राण्डिङ्ग संगै प्रबर्धन भएमा अधिकतम अरेबियन पर्यटकहरुलाइ नेपाल घुम्न प्रेरित गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू