अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२३ | Colorodo: 07:38

अमेरिकाको कोलोराडोमा हाजिरी जवाफ प्रतियोगिता सुरु

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७४ फागुन १२ गते १८:०६ मा प्रकाशित

अमेरिकाको कोलोराडो स्थित संस्था रक्की माउण्टेन फ्रेन्डस अफ नेपालले कोलोराडोबासी नेपाली विद्यार्थीहरूका लागि शृंखलाबद्ध हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्ने कार्यक्रम अन्तर्गत पहिलो चरणको कार्यक्रम आजबाट बिधिबत सुरुवात गरेको छ ।

कोलोराडो बस्ने र अध्ययनरत मिडल स्कुलका १७ नेपाली विद्यार्थीहरूलाई लिएर सुरु भएको हाजिरी जवाफ प्रतियोगिता ब्रुमफिल्ड लाइब्रेरीमा आजबाट सुरु भएको हो । कार्यक्रमको सुरुवात नेपाली तथा अमेरिकन राष्ट्रिय गानबाट भएको थियो । रक्की माउण्टेन फ्रेन्डस अफ नेपालका पूर्व अध्यक्ष शरद आचार्यले ब्यानरको पर्दा उघारेर कार्यक्रमको समुद्घाटन गरेका थिए भने कार्यक्रम संयोजक आकाश राईले स्वागत मन्तव्य राखेका थिए । सहभागी १७ प्रतियोगिहरुको परिचय महासचिव टिका पौडेलले गरेका थिए । कार्यक्रममा पाँच समूह थिए । जस मध्ये पशुपति समूहलाई ६० अङ्क, देवकोटा, बुद्ध, सगरमाथा, लालिगुरास समूह सबैलाई ७० अङ्क प्राप्त भएको छ ।

रक्की माउण्टेन फ्रेन्डस अफ नेपाल अध्यक्ष विनोद त्रिपाठीले हाजिरी जवाफ प्रतियोगिताको महत्त्वको बारेमा बताएका थिए भने क्विज मास्टर गीता चक्रवर्तीले प्रतियोगिताको नियमको जानकारी गराइन । जसमा जम्मा ४ राउण्डस तराई राउण्ड, पहाड राउन्ड, हिमाल राउण्ड र बजर राउण्डको नाम दिइएको थियो । पहिलो दुई राउण्ड पछि १५ मिनट ब्रेक गरी दोस्रो हिमाल राउण्ड र बजर राउण्ड सञ्चालन गरिएको थियो ।

दिनको १२ बजे सुरु भएको सो कार्यक्रम ६ महिना सम्म चल्नेछ । प्रत्येक महिना हुने यस मासिक कार्यक्रममा प्रतियोगीको हरेक चरणका अंकहरु जोडिने छन् र जुन समूहले बढी अङ्क ल्याउँछ त्यहीँ नै विजयी हुनेछ । 

कोलोराडो बस्ने र मिडल स्कुल अध्ययनरत नेपाली बिद्यार्थीहरुका लागि मात्र आयोजना भएको प्रतियोगीहरुमा सहभागीहरूलाई अध्ययन पाठ्य सामग्री, प्रश्न-उत्तर, नियम लेखन कार्य यस कार्यक्रमका सल्लाहाकारहरु डा. विजय राज शर्मा, मुकुन्द अधिकारी, धन पौडेल र डा. संगीता श्रोत्रियाले गरेका हुन भने कार्यक्रम सम्पन्न गर्नका लागि कार्यक्रमको निर्देशिका तयारी र प्राविधिक पक्ष गीता चक्रवर्ती र प्रज्ञा गहतराजले गरेका हुन ।

अन्तमा डा. विजय राज शर्माले क्विजको विषय बस्तु र प्रश्न निर्माण सम्बन्धमा प्रकाश पार्नु भएको थियो भने, मुकुन्द अधिकारीले आउने प्रतियोगिताको विषय बस्तु सम्बन्धमा प्रकाश पार्नु भयो । त्यसै गरी धन पौडेलले सहभागी सबै विद्यार्थी भाइ बहिनिहरुको उत्साहजनक सहभागिताको लागि धन्यवाद दिनु भयो । रक्की माउण्टेन फ्रेन्डस अफ नेपालका पूर्व अध्यक्ष शरद आचार्यले रक्की माउण्टेन फ्रेन्डस अफ नेपालले एक नयाँ आयाम थपेकोमा खुसी व्यक्त गरेका थिए ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष विनोद त्रिपाठीले सहभागीलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।

फोटो: शैलेश पोखरेल 

प्रतिक्रिया