अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५२ | Colorodo: 01:07

अमेरिकी ‘टिपिएस’ नविकरणका लागि प्रधानमन्त्री ओली सकारात्मक

एनआरएन आइसिसीले बुझायो ज्ञापनपत्र

बिआरटीनेपाल २०७४ फागुन १२ गते १०:५३ मा प्रकाशित

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी)ले अमेरिकी सरकारले प्रदान गर्दै आएको टेम्पोररी प्रोटेक्टेट स्टाटस (टिपिएस) नविकरणका लागि नेपाल सरकारलाई अनुरोध गरेको छ ।

एनआरएनए आइसिसीले यस बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी ‘टिपिएस’ नविकरणका लागि पहल गर्न अनुरोध गर्दै ज्ञापन पत्र बुझाएको हो ।

अमेरिकामा रहेका कागजविहीन नेपालीलाई अमेरिकी सरकारले प्रदान गरेको टिपिएसको अवधि आउँदो जुनमा सकिने भएपछि यसबाट अमेरिकामा रहेका नेपालीलाई पर्न सक्ने समस्यालाई मध्यनजर गर्दै एनआरएनए आइसिसी सदस्य टोलीले प्रधानमन्त्री निवास बालुवाटार पुगेर टिपिएस, दोहोरो नागरिकता, वैदेशिक लगानी, दोहोरो कर प्रणाली लगायतका विषयमा आवश्यक पहल थाल्न प्रधानमन्त्री समक्ष आग्रह गरेको छ भने जवाफमा प्रधानमन्त्रीले यो बिषयलाई सम्बन्धित मन्त्रालय मार्फत छलफल अघि बढाउने र आवश्यकता अनुरुप सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन् ।

एनआरएनए आइसिसी उत्तर क्षेत्रीय संयोजक गौरी राज जोशीका अनुसार अध्यक्ष भवन भट्टले टिपिएसको विषयमा आइसिसीले पहल थाल्नु आफैमा सकारात्मक विषय भएको बताउदैं टिपिएसको मुद्दा अब आइसिसीको विषय भएको र एनआरएनसग सम्वन्धित विभिन्न मुद्दामा सरकारसग मिलेर काम गरिने बताएका छन् ।

एनआरएनए आइसिसी अध्यक्ष भवन भट्टको नेतृत्व टोलीमा संस्थापक अध्यक्ष उपेन्द्र महतो, उपाध्यक्ष सपिला राजभण्डारी, महासचिव बद्री केसी, अमेरिका क्षेत्रीय संयोजक गौरीराज जोशी, हरीबोल भण्डारी, नारायण जोशी, निरञ्जन केसी, शिशिर भट्ट लगायत रहेका थिए ।

भेटमा प्रधानमन्त्री ओलीलाई आइसिसीले नव नियुक्त प्रधानमन्त्री ओलीलाई बधाई र शुभकामना पनि दिएको छ ।

फोटो: गौरी जोशीको फेसबुकबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू