अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०८ | Colorodo: 03:23

सुन्धाराको होटेलमा युवती मृतावस्थामा फेला

रासस, काठमाडौँ २०७४ फागुन १२ गते ८:५१ मा प्रकाशित

सुन्धाराको एक होटेलमा आज बिहान एक युवती मृतावस्थामा भेटिएपछि उनका प्रेमीसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।मृतक शर्मिला राउतका प्रेमी भनिएका सिन्धुलीका विशाल खड्का र उनका साथीहरू विपिन मैनाली र असव सेवालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

राति ३ बजे मादक पदार्थ सेवन गरेको अवस्थामा होटेलमा पुगेका उनीहरूमध्ये युवती र खड्का एउटै कोठामा सुतेका थिए । साथै गएका खड्काका दुईजना साथीहरू सोही होटलको तीन तलामाथि कोठामा सुतेका थिए ।

खड्काले बिहान उठ्दा राउतलाई पङ्खामा पासो लगाएर झुण्डिरहेको अवस्थामा भेटेको बयान प्रहरीलाई दिएका छन् ।

युवतीका आफन्तले भने राउतको हत्या गरिएको हुनसक्ने आशङ्का गरेका छन् ।

महानगरीय प्रहरी वृत्त, जनसेवाका प्रमुख, प्रहरी नायव उपरीक्षक टेकुनन्त लिम्बुले घटनाबारे छानबिनका लागि तीनजनालाई नियन्त्रणमा लिइएको र शव परीक्षणका लागि अस्पताल पठाइएको जानकारी दिनुभयो ।

सम्बन्धित सामग्रीहरू