अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५३ | Colorodo: 08:08

‘झिमझिम परेली’बाट गायिका बुनु श्रेष्ठको पुनरागमन

बिआरटीनेपाल २०७४ फागुन ११ गते २३:५४ मा प्रकाशित

पुरानी गायिका बुनु श्रेष्ठले सांगीतिक क्षेत्रमा पुनरागमन गरेकी छिन् । एक दशकअघि नै लोकप्रिय भएको आफ्नै गीतलाई गायिका श्रेष्ठले रि–रेकर्ड गरेर दर्शक तथा  समक्ष ल्याएकी हुन् ।

‘झिमझिम परेलीमा…’ शीर्षकको उक्त गीतलाई रि–एरेञ्ज गर्दै गायिका श्रेष्ठले यसलाई नया“ स्वरुप प्रदान गरेकी हुन् । उक्त गीतको म्युजिक भिडियो हालै यूट्युबमार्फत सार्वजनिक भएको छ ।

सुरिलो स्वरकी धनी गायिका श्रेष्ठले लामो समयपछि आफू दर्शक तथा स्रोतामाझ आउ“दा समेत राम्रो स्वागत पाएको बताएकी छिन् । दिवंगत संगीतकर्मी स्व.सुनिल वर्देवाद्वारा संगीतबद्ध उक्त गीतका शब्दहरु गायिका श्रेष्ठले नै रचना गरेकी हुन् ।

यो गीतको रेकर्डिङ कार्य स्टुडियो साउण्ड मिलमा चर्चित रेकर्डिष्ट महेश्वरमान राजभण्डारीले गर्नु भएको हो ।

गीत सुन्दा जति कर्णप्रिय छ, गीतको म्युजिक भिडियो पनि उत्तिकै आकर्षक बनेको छ । भिडियोमा मोडल तथा अभिनेत्री एलिशा राईले आकर्षक नृत्य प्रस्तुत गरेकी छिन् । एलिशालाई साथीहरुले नृत्यमा साथ दिएका छन् । प्रशान्त तामाङले कोरियोग्राफी गरेको यो भिडियोको छायांकन रामशरण उप्रेती र मदन घिमिरेले गरेका हुन् ।

नितिन चन्दको निर्देशनमा तयार भएको यो भिडियोलाई दिन्सोन शाले सम्पादन गरेका हुन् ।
भिडियोलाई स्टुडियो साउन्ड मिलले बजार व्यवस्थापन गरेको छ भने स्टुडियो साउन्ड मिलकै आधिकारिक यूट्युब च्यानलबाट भिडियो सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया