अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५८ | Colorodo: 07:13

चलचित्र ‘गाँजा बाजा’ को दोस्रो गीत ‘रिगीपिटी’ सार्वजनिक

बिआरटीनेपाल २०७४ फागुन ११ गते ९:१६ मा प्रकाशित

यहि फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘गाँजा बाजा’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘रिगीपिटी’ बोलको गीतमा निख एण्ड जटाको सङ्गीत, निर्मल गर्तौलाको शब्द र जटावेडा बनेर्जीको स्वर रहेको छ।

भिडियो रमाइलो बनाइएको छ । शहरका दुई युवाहरुको बिचमा भिडियो घुमेको छ । गणेशदेव पाण्डेको लेखन तथा निर्देशन रहेका चलचित्रमा अनुपम शर्मा, सुशील सिटौला, वर्षा सिवाकोटी, रक्षा श्रेष्ठ, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।

‘गाँजा बाजा’मा निख एण्ड जटाको सङ्गीत, याकोपो रास्लिकको छायाङ्कन र लोकेश बज्राचार्यको सम्पादन रहेको छ । बाबा सिनेमा निर्माण कम्पनीको सहयोगमा डीआर फिल्मस र टुका इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा निर्मातामा दिपेन्द्र रेग्मी र गोमा विष्ट थापा रहेका छन् ।

प्रतिक्रिया