अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३९ | Colorodo: 06:54

उदित नारायण झाको स्वर रहेको ‘नेप्टे’को ‘दिलरानी’ गीत सार्वजनिक

बिआरटीनेपाल २०७४ फागुन ११ गते ९:०६ मा प्रकाशित

चलचित्र ‘नेप्टे’को ‘दिलरानी’ बोलको पहिलो गीत सार्वजनिक गरिएको छ । गीतको भिडियोमा नायक रोहित रुम्बा र नायिका छुल्ठिम गुरुङको फिचरिङ छ । यमनाथ मैनालीको शब्दमा सन्तोष राजले संगीत दिएका हुन् । गीतमा उदित नारायण झा र सेलिना कुँवरको स्वर रहेको छ । भिडियोलाई कविराज गहतराज कोरियोग्राफ गरेका हुन् ।

चलचित्रमा दयाहाङ् राई, रोहित रुम्बा र छुल्ठिम गुरुङको मुख्य भूमिका रहनेछ । त्यस्तै बुद्धी तामाङ, अरुणा कार्की, ए गुरुङ सामाजिक कथा वस्तु ‘नेप्टे’ फिल्मको कथाको विषय रहने जानकारी छ । कमेडी जनरामा बनेको यो चलचित्र देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । किरण माइकलको पटकथा र संवाद रहेको चलचित्रमा निर्माता रोहितकै कथा रहेको छ । हरी घले लामाको छायांकन, बाबु बोगटी, सन्तोष राज, ओम सुनार र रोहितको संगीत दिएका छन् ।

प्रतिक्रिया