अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४७ | Colorodo: 11:02

भ्रष्टाचार सूचीमा नेपाल ३१ अंक सहित १२२ औं स्थानमा उक्लियो

बिआरटीनेपाल २०७४ फागुन १० गते ०:२५ मा प्रकाशित

भ्रष्टाचार सूचीमा नेपाल ३१ अंक सहित १२२ औं स्थानमा उक्लिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्ट्राचार सम्बन्धी विश्वव्यापी सूचकांकमा नेपाल नेपाल १२२ औं स्थानमा उक्लिएको हो ।

यसअघि सन् २०१६ को प्रतिवेदनमा नेपाल २९ अंक सहित १ सय ३१ औं स्थानमा रहेको थियो भने यो बर्ष प्राप्त गरेको अंक हाल सम्मकै ठुलो अंक हो ।

६ वटा मापदण्डमा गरिएका अनुसन्धानका आधारमा प्राप्त अंकहरूको औसत निकालेर सुचकांक सार्वजनिक गर्ने ट्रान्सपरेन्सी इन्टरनेशलले ४० भन्दा कम अंक ल्याउने देशलाई एकदमै भ्रष्ट देशको सूचीमा राख्ने गर्छ ।

१ सय ८० वटा देश समेटिएको प्रतिवेदनमा सन् २०१७ को सूचकांकमा दक्षिण एशियाली मुलुकहरू मध्ये भुटान ६७ अंक सहित २९ स्थानमा रहेको छ। भारत ८५ औं, श्रीलंका ९७ औं र माल्दिभ्स ११८ औं स्थानमा रहेका छन्।

नेपाल दुई स्थान तल १२३ औं स्थानमा पाकिस्तान रहेको छ भने बांग्लादेश १४६ औं स्थानमा छ । अफ्गानिस्तानले जम्मा १५ अंक प्राप्त गरेको छ र १ सय ८४ वटा देशमध्ये १८० औं स्थानमा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू