अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१४ | Colorodo: 19:29

७६ हजार ४ सय अफगान शरणार्थी फिर्ता

बिआरटीनेपाल २०७४ फागुन ९ गते ६:१२ मा प्रकाशित

पाकिस्तान र इरानमा शरणार्थी जीवन यापन गरिरहेका ७६ हजार ४ सय भन्दा बढी अफगान शरणार्थीहरु आफ्नो  देशमा फिर्ता भएका छन् ।

यस बर्षको सुरुदेखि हालसम्म ७६ हजार ४ सय व्यक्ति पाकिस्तान र इरानबाट फिर्ता भएका आप्रवासन सम्बन्धि राष्ट्रसंघीय निकाय (आइओएम) बुधबार जानकारी दिएको छ ।

सन् २०१८ को जनवरीदेखि हालसम्म पाकिस्तानबाट ३ हजार ३२ जना अफगान शरणार्थी फिर्किएका छन् । त्यसगरी इरानबाट ७३ हजार ३९० अफगान शरणार्थी फिर्ता भएका आइओएमले जानकारी दिएको छ ।

सो निकायका सरकारी तथ्याङ्का अनुसार गएको एक हप्तामा अर्थात फेब्रुअरी ११ बाट १७ सम्म कागजपत्र नभएका २९९ जना पाकिस्तानबाट र ११ हजार २३६ जना इरानबाट अफगान शरणार्थी फकिएका थिए ।

यस अघि सोही निकायले दिएको जानकारी अनुसार पाकिस्तानबाट ९० प्रतिशत र इरानबाट चार प्रतिशत अफगान शरणार्थी आफ्नो भूमिमा फिर्किएका सो निकायले तथ्याङ्क दिईसकेको थियो । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू