अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२७ | Colorodo: 07:42

‘पञ्जेबाजा’ युनिट मोफसल यात्रामा

बिआरटीनेपाल २०७४ फागुन ९ गते ५:५८ मा प्रकाशित

यहि फागुन ११ गते अर्थात आउँदो शुक्रबारबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘पञ्चेबाजा’ प्रचारप्रसारका लागी राजधानी बाहिर (मोफसल)मा निस्किएको छ । युनिट पोखराबाट, बुटवल, चितवन, हेटौंडा, धरान लगायतका ठाउँमा पुग्ने चलचित्रका निर्माता राज शाहीले बताएका छन् ।

प्रमोशनका लागी कलाकारहरु सौगात मल्ल, जस्मिन श्रेष्ठ, निर्माता राज शाही, निर्देशक घनश्याम लामिछाने लगायत रहेका छन् । सोसल ड्रामा प्रस्तुत भएको ‘पञ्चेबाजा’मा सौगातको अलवा कर्मा शाक्य, बुद्धि तामाङ, सृजना सुब्बा, जस्मिन श्रेष्ठ, प्रकाश घिमीरे, युवराज भण्डारी लगायतका कलाकारहरुको अभिनय रहेको छ । मंगलवार चलचित्र टिम पोखरामा पत्रकार भेटघाट गरि बुटवल लागेका छन् । एक हप्तासम्म फिल्मका टिम मोफसलमा रहनेछन् । प्रदिप भारद्धाजले लेखेको चलचित्रमा विकास चौधरी र कालि प्रसाद बाँस्कोटाको संगीत रहेको छ ।

प्रतिक्रिया