अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०५ | Colorodo: 18:20

लोक तथा दोहोरी गीत ‘गएँ भने संसार छाडेर’ सार्बजनिक (भिडियो)

बिआरटीनेपाल २०७४ फागुन ९ गते ३:२७ मा प्रकाशित

नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र ब्यवासाहिक रुपमा न्यूनता तिर धकेलिएको अहिलेको अवस्थामा नुवाकोटका एक युवा निराजन प्याकुरेलले अब सम्पूर्ण हामी जागरुक नेपालीहरुले आफ्नै कला संकृति र नेपाली लोक तथा दोहोरी गीत संगीत भित्रको पहिचान बचाउनु पर्छ, भन्ने उदेस्य लिएर हालै एक दोहोरी गीत सार्बजनिक गरेका छन् ।

उक्त गीत “गएँ भने संसार छाडेर” नामको साथमा काब्य म्युजिक प्रालिले बजारमा आएको हो । यस गीतमा कर्णप्रिय स्वरका धनि राजेन्द्र पाठक र काँठ क्षेत्रमा पछिल्लो समयकी चर्चित गायिका अर्चना स्यन्ग्तानको सुमधुर स्वर रहेको छ । यस गीतमा हाल प्रबासमा रहेर पनि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रम छुट्टै पहिचान बनाउन सफल सर्जक तथा गायक रमेश श्रेष्ठको लय र प्रकाश पुरीको शब्द सिर्जना रहेको छ ।

निराजन प्याकुरेलको प्रस्तुतिमा रहेको यस गीतको म्युजिक भिडियो पनि हालै संगीत सरोबरको युट्युब च्यानल मार्फत सार्बजनिक भएको छ निकै मनछुने भाव लहरीमा तयार भएको यस गीतको म्युजिक भिडियोमा दिपिका पाठक र गोबिन्द थारुको मन छुने अभिनय रहेको छ भिडियोलाई निर्देशन खुम बहादुर सुनारले गरेका हुन् भने छायांकन अरुण कुमार सुनार र सम्पादन अरुण कुमार सुनार र प्रेम थारुले गरेका छन् ।

प्रतिक्रिया