अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०१ | Colorodo: 13:16

मातृभाषा कवि गोष्ठी: ३६ मातृभाषाका ४० वटा कविता वाचन

बिआरटीनेपाल २०७४ फागुन ९ गते २:२७ मा प्रकाशित

अन्तराष्ट्रिय मातृभाषा दिवशका अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठानले आज काठमाण्डौमा राष्ट्रिय मातृभाषा कविता महोत्सबको आयोजना गर्यो।

महोत्सवमा बिभिन्न ३६ मातृभाषाका ४० वटा कविता वाचन गरिएको थियो। महोत्सवमा सहभागिताकालागी ३६ मातृभाषाका १ सय ५४ वटा कविता प्राप्त भएकोमा ४४ वटा कविता वाचनका लागी छनौट भएका थिए।

नेपालमा अहिले एक सय २३ मातृभाषा बोलिन्छ। नेपालको संविधानले नेपालमा बोलिने सबै भाषालाई राष्ट्रिय भाषाको मान्यता दिएको छ।

महोत्सवमा बिभिन्न भाषाभाषीहरुले जातिय पहिचान सहितको भेषभूषामा झाकी प्रस्तुत गरेका थिए। कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गङ्गा प्रसाद उप्रेती ,प्राघ्यापक डा नोबलकिशोर राई ,प्राज्ञ श्रवण मुकारुङ र प्राज्ञ अमर गिरी लगायतका बक्ताहरुले कुनै पनि भाषालाई संबृध्द बनाउनका लागी काव्य विधाको शसक्त माध्यम कविताको महत्वपूर्ण भुमिका रहने बताउनु भयो।

कुनै पनि भाषालाई बचाउने राज्यले नै हो भन्दै उहाँहरुले मातृभाषाहरुको श्रीबृध्दिका लागी राज्यको निति स्पष्ट हुनुपर्ने बताउनु भयो। आफ्नो भाषा बचाउने र सम्बर्धन गर्ने दिशामा संम्बन्धित भाषिक समुदाय सचेत बन्न जरुरी रहेको उहाँहरुको भनाई थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू