अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१२ | Colorodo: 23:27

हङकङमा निर्मला – सुरेश म्युजिकल नाईट सम्पन्न

भरत लामा - वान्चाइ हङकङ २०७४ फागुन ९ गते ०:४२ मा प्रकाशित

हङकङ स्थित कंङगन रेस्टुरेन्टमा ‘तामाङ इन्भेस्ट्मेन्ट ग्रुप’ र ‘हामी धाराने हङकङ’को संयुक्त आयोजनामा २० फेब्रवरी २०१८ का दिन निर्मला – सुरेश म्युजिकल नाईट सम्पन्न भएको छ । निर्मला घिसिङ नेपालकै चर्चित नबोदित गायिका हुन भने सुरेश लामा नेपाली तारा सिजन ३ को टप तीन हुन ।

यि दुई कलीला र् जोशिला कलाकारहरु हङकङ तामाङ घेदुङकी उपाध्यक्ष सुष्मा  वाइबाको सम्योजक्त्तोमा फेब्रवरी १६ २०१८ मा सम्पन्न भएको सोनाम ल्होछार कार्यक्रमलाई मनोरन्जन दिलाउन हङकङ आईपुगेका हुन ।

स्थानिय संगीत पारखीहरुको बिशेष अनुरोधमा काउलुनको जोडर्न् स्थित कंङगन रेस्टुरेन्टमा निर्मला सुरेश सांगितिक साँझको आयोजना गरिएको हो ।

निर्मला घिसिङ स्वरबद्द् दुई वटा सोलो म्युजिक एल्बम यस् अगाडिनै नेपाली संगीतको बजारमा आई सकेको छ । त्यस मध्धे रहर पहिलो एल्बम हो भने खबर दोश्रो एल्बम हो । रहर भित्र स्वतन्त्र र् मनमोहक स्वरहरुमा निर्मलाले स्रोतालाई आनन्दित तुल्याएको छ! खबरले त अझ परिष्क्रित् रुपमा निर्मलालाई प्रस्तुत गरेको छ ।

खबरमा निर्मलाले ”कस्ले बनायो दाजै उडी जाने बस ” नेत्र बिक्रम चन्द बिप्लबको रचना र माईला लामाको संगीत रहेको समधुर गीतबाट आफ्नो जादुमयी स्वरले स्रोतालाई मन्त्रमुघ्ध पार्न सफल भयकी छिन ।

निर्मलाको जादुगरी स्वर सिरिरी हावा चल्यो, पिडा छैन आशु छैन, कोरीबाटी, सातै रङमा, फर्की आउ, कती माया गर्छु आदी गीतहरुमा राम्रै सँग बयेलि खेल्दै तिखारिएका छिन् । १२ बर्षको उमेर देखिनै क्रान्तिकारीधारका जनबादी गीतहरुमा अनगिन्ती स्वर दीइ सकेकी गायिका निर्मला घिसिङले गणतन्त्रको आगमन पछी त् लोक आधुनिक सुगम संगीतमा समेत सुन्दर ढंगबाट आफ्ना प्रस्तुतीहरु पस्कि रहेकी छिन् । बहिनिको उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना बहिनीबाट संगीतमा हामीले धेरै अरु आशा राख्नु स्वाभाबिक हुने भावना दर्शकब्रित्त बाट पोखिएको थियो ।

सुरेश लामा नबोदित युबा गायक हुन । उनको गाएकी सिखर चुम्न प्रयत्नशिल छ ”जोनी जेन्टल मेन ” नेपाली कथानक चलचित्रमा (जब जब तिम्रो साथ) प्ले ब्याक सिंगर हुँदै चर्चित गीतहरु गाउदै अघि बढि रहेका युबा गायक सुरेश साच्चिकै जोशिला गायक हुन । जादु भरिएको स्वरमा दर्शक स्रोता माझ जब सुरेश खुल्न थाल्छन तब सांगितिक तरंग ल्याइ हाल्छन । नेपाली सांगितिक आकाशमा सुरेश लामा एक स्थापित नाम हुने कुरामा अडकल मात्र होइन ग्यारेन्टि नै गर्न सकिन्छ भनि स्रोता दर्शकले प्रतिकृया दिएका छन । जय होस् सुरेश भाईको ।

निर्मला सुरेश म्युजिकल नाइटका आयोजकको तर्फबाट बिनोद तामाङ र पक्कु चाम्लिङले मायाको चिनो र् प्रशम्सा पत्र प्रदान गरेका थिए भने हङकङेलि तामाङ समुदायका गान्बा कुल मान मोक्तानले खादा ओढाइ आशिर्बाद दिएका थिए । सांगितिक साँझका लागि संगितबिज्ञ दिपेश लामाले संगीत सम्योजन गरेका थिए । छोटो औपचारिक कार्यक्रम विश्व नाथ घिसिङले सन्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू