अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२७ | Colorodo: 13:42

युटुवबाटै अत्याधिक चर्चामा रहेको भारतको ‘सनम ब्याण्ड’ नेपाल आउँदै-साथमा नेपालका स्वप्न सुमन

बिआरटीनेपाल २०७४ फागुन ८ गते ५:४० मा प्रकाशित

नेपालमा प्यारडक्स सिटी इन्कले आयोजना गर्न लागेको ‘सनम लाइभ इन नेपाल’ कन्सर्टमा इन्डियन सांगीतिक ब्यान्ड ‘सनम’ले प्रस्तुति दिने भएको छ ।

यहि फागुन १९ गते काठमाडौंको जावलाखेल ग्राउन्डमा हुने उक्त कन्सर्टका लागी  एकदिन अघि नै ब्यान्डका सम्पूर्ण सदस्य नेपाल प्रस्थान गर्नेछन् । उक्त कन्सर्टमा नेपालको तर्फबाट गायक स्वप्न सुमनले पनि आफ्नो प्रस्तुती दिनेछन् । अन्य कलाकार ‘लाहुरे’ आशिष राना, ब्यान्ड समिसन साथमा सुशील र प्रसन्नले पनि प्रस्तुत हुनेछन् ।

कार्यक्रम तीन बजेबाट सुरु हुने आयोजकले जानकारी दिएको छ । कार्यक्रमको लागि टिकट मूल्य १५ सय, तिन हजार र पाँच हजार तोकिएको छ ।

प्रतिक्रिया