अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२० | Colorodo: 18:35

गायक शिव लामिछानेको ‘जय नेपाल’ सार्वजनिक (भिडियो)

बिआरटीनेपाल २०७४ फागुन ८ गते ०:०१ मा प्रकाशित

 

गायक शिव लामिछानेको गीत ‘जय नेपाल’ सार्वजनिक भएको छ । चाहे माया गर , किन दुख्छ मुटु मेरो लगायतका गीत मार्फत चर्चामा आएका गायक लामिछानेलाई शिवाजको नामले सांगीतिक दुनियामा चिन्ने गरिन्छ । उनले यस गीतलाई आफु अध्यक्ष रहेको कृपा फाउन्डेसनको पहिलो वार्षिकोत्सवमा सार्वजनिक गरेका थिए ।

युट्युब मार्फत सार्वजनिक यस गीतमा हर्कुलस बस्नेतको शब्द र संगीत रहेको छ । गीतमा हिमाली मनोरम दृश्यलाई देख्न सकिन्छ भने यसमा शिव आफै फिचरीङ छन् । गीतमा विभिन्न भाषाभाषी र उनीहरुको संस्कृतिलाई देखाइएको छ । ’गीत मार्फत नेपालको सुन्दरता देखाउने प्रयास गरिएको छ’ शिव भन्छन ’गीत मार्फत हामीले हिमाललाई संस्कृतिसंग जोड्ने प्रयास गरेका छौ ।’ गीतलाई नरेन लिम्बु र विनय कंसाकारले संयुक्त रुपमा छायाँकन गरेका हुन् । गीतमा बिनयकै सम्पादन र नरेनको निर्देशन रहेको छ ।

शिव लामिछाने –  राष्टिय गीतमा हामीले हिमाली भेगको सुन्दरता झल्काउने कोसिस गरेका छौ । गीतमा हामीले विभिन्न भाषाभाषीको संस्कृतिलाई पनि समेटेको छौ । गीतमा हामीले नेपालीको आफ्नो पनलाई महसुस गराउन खोजेका छौ भने अतिथि प्रतिको सम्मान पनि । यो मेरो लागि पनि केहि भिन्न गीत हो , किनकी मैले यस किसिमको गीतमा आफुलाई प्रस्तुत गरेको छैन ।

 

प्रतिक्रिया