अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१४ | Colorodo: 16:29

यस पटकको प्रणय दिवसमा गायक प्रणय राणाका स्रोतालाई उपहार ‘मन त मनै हो’ (भिडियो)

बिआरटीनेपाल २०७४ फागुन ७ गते १२:४९ मा प्रकाशित

अमेरिकामा रहेर पनि नेपाली संगीतमा सक्रिय गायक प्रणय राणाले आफ्ना स्रोताका लागि यो पटकको प्रणय दिवसमा नयाँ गीत मनै त हो सार्वजनिक गरेका छन् । एट्लान्टा निवासी गायक राणाले आफ्नै शब्द, संगीत र आवाजमा रहेको ‘मनै त हो’ प्रेम दिवसका दिन युटुव च्यानल मार्फत सार्वजनिक गरेका हुन् । 

उनको नाम नै प्रणय भएकाले प्रणय दिवसका दिन उनले संगीत बजारमा ल्याएको यो गीत पनि युगल माया प्रेम र प्रणय भावको हुन सक्ने अनुमान गरिएको छ । तर उनले  माया प्रेमलाई फरक तरिकाले प्रस्तुत गरेका छन् । मानविय स्वभाव र जीवन दर्शनको भाव बोकेको यो गीतले महत्व पुर्ण सन्देश बोकेको छ  ।

केहि महिना अघि मात्र एउटा फुल बोलको गीत सार्वजनिक गरेका गायक प्रणयका गीतहरुमा प्रेम, प्रकृती र जीवनको प्रयोग पृथक तरिकाले प्रस्तुत गरेको पाईन्छ ।

स्रोताको अत्याधिक माया पाएर पनि छिटो गीतहरु बजारमा ल्याउन नसक्नुको कारण उनको अमेरिका बसाई पनि हो । नेपाली गीत रेकडिङका लागि अमेरिकामा सहज नभएका कारण उनि नेपालमै आएर गीत रेकर्ड गर्ने गर्छन् । नेपाली संगीतको मोहले अमेरिकादेखी गीत रेकर्डिङकै लागि नेपाल आउने गायक प्रणय राणा अमेरिकानै रहेको नेपाली ब्याण्ड  4MB का भोकलिष्ट पनि हुन् । 

प्रणय राणाले अमेरिकाबाटै पिएचडी गरेका जो हाल एटलाण्टाकै एक कलेजका असिस्टेन प्रोफेसरका रुपमा कार्यरत छन् ।

सन् १९९९ बाट नेपाली संगीतको औपचारिक यात्रा सुरु गरेका प्रणय राणा सन् २००९ मा अध्ययनका लागि अमेरिका आएका हुन् । यस अघि Feathers र Traffic Jam एल्वम बजारमा  उनको तेस्रो एल्वम पनि बजारमा आउने अन्तिम तयारीमा रहेको छ ।शब्द संगीत र स्वर ३ वटै बिद्यामा कुशल प्रणयको तेस्रो एल्वममा ६ वटा गीतहरु समावेस रहेने छ  ।

 

 

 

 

प्रतिक्रिया