अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२३ | Colorodo: 11:38

चलचित्र ‘रणवीर’ निर्माण घोषणा

बिआरटीनेपाल २०७४ फागुन ७ गते ६:५६ मा प्रकाशित

नेपाली चलचित्र एकपछि अर्को निर्माण हुनेक्रम बढिरहेको छ।  पछिल्लो समय नेपाली चलचित्रक्षेत्र फराकिलो बनेसँगै निर्माताहरु चलचित्र निर्माणमा होमिएका छन् । यसैबिच आइतबार पनि नयाँ चलचित्र ‘रणवीर’ को घोषणा गरिएको छ । प्रदर्शन हुन बाँकी रहेको चलचित्र ‘गाँजाबाजा’का निर्माताद्धय दिपेन्द्र रेग्मी र गोमा बिष्ट थापाले संयुक्त लगानीमा ‘रणवीर’ निर्माण गर्ने भएका हुन् । आइतबार राजधानीमा एक कार्यक्रमका बिच चलचित्रका कलाकारहरुका बिच औपचारिक घोषणा गरेका हुन् ।

चलचित्रमा प्रशान्त ताम्राकार, शुशील सिटौला, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, टिका पहारी, रवि गिरी लगायतका कलाकारहरुको पनि अभिनय रहने छ । ‘रणवीर’ को भूमिकामा शुशील देखिँदैछन् । एक्सन, रोमान्स र कमेडी जनरामा निर्माण हुने चलचित्रलाई गोेविन्द सिंह भण्डारीले निर्देशन गर्दैछन् । फिल्मको कथा पनि उनकै हो । फागुन ७ गतेबाट फ्लोरमा जान लागेकोे चलचित्रको निर्माण लागत २ करोड रहने निर्माता गोमा विष्ट थापाले जानकारी दिइन् । काठमाडौं, धनगढी, महेन्द्रनगर र डडेलधुरा लगायतका स्थानमा छायांकन हुने फिल्मले एक पढेलेखेको र जाँगरिलो युवकको जीवनमा आउने विभिन्न मान्छे र परिस्थितिको कथा बोल्नेछ ।

‘रणवीर’ भनेको एक जाँगरिलो पात्र हो । नाम बोल्ड छ । नाम अनुसार नै हामीले पात्र छनौट गरेका हौं ।’, निर्देशक भण्डारीले भने । प्रशान्तले कथा र आफ्नो भूमिका बलियो लागेको कारण ‘रणवीर’ मा काम गर्न लागेको बताए । उनले भने, ‘रणवीर’ को क्यारेक्टर मेरो नभए पनि भूमिका राम्रो छ । मैले जस्तो भूमिका खोजेको थिए यसमा त्यस्तै छ ।’ यस्तै, नव–नायिका शुभेच्छाले ‘रणवीर’ मा आफ्नो भूमिकाबाट प्रभावित भएको सुनाइन् ।

हर्कुलस बस्नेत, सुशान्त गौतम र अमृत श्रेष्ठको संगीत, गम्भीर विष्ट र सुरेन बसेलको कोरियोग्राफी र चन्द्र पन्तको द्वन्द्व रहने यो चलचित्र प्राची फिल्मस् र डि.आर. फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको हो । चलचित्रलाई महेश पौडेलले खिच्नेछन् ।

प्रतिक्रिया