अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३५ | Colorodo: 17:50

सेन्सर पास भएको ‘पञ्चेबाजा’ हेर्न १६ बर्ष मुनिका बालबालिकाले अविभावक लानु पर्ने

बिआरटीनेपाल २०७४ फागुन ७ गते ६:४९ मा प्रकाशित

चलचित्र पञ्चेबाजा’ सेन्सर पास भएको छ । निर्देशक घनश्याम लामिछाने निर्देशित १ घण्टा ५७ मिनेट लामो यो चलचित्र आइतबार सेन्सर पास भएसँगै पिजी सर्टिफिकेट पाएको हो । अब यो चलचित्र हेर्नका लागी १६ बर्ष मुनिका बालबालिकाहरुलाई अभिभावकको सहायता चाहिने छ ।

सौगात मल्ल, जस्मिन श्रेष्ठ र कर्मा त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र  ‘पञ्चेबाजा’ राजेश शाहीको निर्माणमा बनेको हो ।

न्यू भेनस फिल्मस्को  व्यानरमा निर्माणमा बनेको यस चलचित्रले एक गाउँका तीन पात्रहरुको कथा समावेश गरेको समेटेको बताईएको छ ।

चलचित्रमा बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी र राजेश शाही लगायतको पनि मुख्य भूमिका छ । चलचित्र यहि फागुन ११ अर्थात आउँदो शुक्रबारबाट देशब्यापी प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया