अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०२ | Colorodo: 13:17

लण्डनमा हुने ‘टप मोडल वर्ल्डवाईड’मा नेपालको प्रतिनिधित्व निशान चौहानले गर्दै

बिआरटीनेपाल २०७४ फागुन ७ गते ६:२९ मा प्रकाशित

आगामी अप्रिल ३ मा लण्डनमा ‘टप मोडल वर्ल्डवाईड २०१८’ को आयोजना हुँदैछ । जसमा विश्वका थुप्रै राष्ट्रका ४० बढी मोडलहरुले सहभागिता जनाउँनेछन् । यसै प्रतियोगिताका लागी नेपालबाट निशान चौहानले सहभागीता जनाउने भएका छन्  । ‘म्यानहन्ट नेपाल २०१६’ मिस्टर पर्सनालिटी तथा ‘टप मोडल नेपाल २०१८’ का विजेता निशानले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आफुले उक्त प्रतियोगीतामा सहभागी जनाउने जानकारी दिएका हुन्  ।

एक नेपालीले लण्डनमा पुगेर संसारभरका मोडलहरुसँग आफुले प्रतिष्पर्धा गर्न पाउँदा निकै गर्व लागेको पत्रकार सम्मेलनमा निशानले बताए । ‘म नेपाली भएर लण्डनमा पुगेर संसारभरका मोडलसँग प्रतिष्पर्धा गर्न पाउँदा निकै खुशी र गर्व लागेको छु निशानले भने, नेपालीले विश्वभरका प्रतियोगीसँग प्रतिष्पर्धा गर्न लाग्दा सबैको साथ र सहयोग भएको खण्डमा सहज हुनेछु । पत्रकार सम्मेलनमा निशानले ुटप मोडल वर्ल्डवाईड २०१८’को उपाधी नेपाल ल्याउन आफुले शतप्रतिशत मेहनत गर्ने बताए ।

उक्त कार्यक्रममा ‘टप मोडल वर्ल्डवाईड’की नेपाल र भारतकी निर्देशक रजनी सुब्बा, म्यानहन्ट नेपालका सिईओ अनुप सक्सेना, कलर्स मोबाइलकी असिस्टेन्ट मार्केटिङ्ग म्यानेजर निरु धौगोडा, डाबर नेपालकी मिडिया म्यानेजर गीता खड्का श्रेष्ठ लगायतको उपस्थिती थियो । कार्यक्रममा बोल्दै ‘टप मोडल वर्ल्डवाईड’की नेपाल र भारतकी निर्देशक सुब्बाले उक्त प्रतिष्पर्धामा पहिलोपटक नेपालको प्रतिनिधित्व गर्न लागेकोमा बधाई ज्ञापन गरिन् । म्यानहन्ट नेपालका सिईओ सक्सेनाले ‘म्यानहन्ट नेपाल २०१६’का मिस्टर पर्सनालिटी निशानलाई टप मोडलले बिश्वास गरेर प्रतियोगितामा सहभागि गराएकोमा ‘टप मोडल वर्ल्डवाईड’लाई धन्यवाद व्यक्त गरे ।

सन् २०१६ बाट मोडलिङ्ग सुरु गरेका २९  बर्षिय बिरगञ्ज, पर्सा निवासी निशान हाल राजधानी काठमाण्डौमा नै रहेर आफ्नो मोडलिङ्ग करिअरलाई अगाडी बढाईरहेका छन् । उनि ‘टप मोडेल नेपाल २०१८’का विजेता हुन् भने ‘म्यानहन्ट इन्टरनेशनल नेपाल २०१६’का मिस्टर पर्सनालिटी हुन् । निशानले नेपाली चलचित्र ‘पर्व’मा समेत अभिनय गरेका छन् । उनले कलर्स मोबाईल, डाबर नेपाल, एसआर स्टील तथा यूएसएड नेपालको परिवार योजनाको विज्ञापन लगायत अन्य थुप्रै टेलिभिजन विज्ञापनमा समेत अभिनय गरिसकेका छन् ।

प्रतिक्रिया