अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४३ | Colorodo: 18:58

लुम्बिनी गट ट्यालेण्टको उपाधि नोबेल थ्रि एण्जललाई

आर सि कोइराला २०७४ फागुन ६ गते १२:०३ मा प्रकाशित

बुटवल, न्यु सत्य साइ कला केन्द्र बुटवलको आयोजना र नसिब गार्मेन्ट उद्योगको मुख्य प्रायोजनमा सम्पन्न नसिब गार्मेन्ट लुम्बिनी गट ट्यालेण्ट–२०७४ को उपाधि नोबेल थ्रि एण्जल ले प्राप्त गरेको छ । जसमा यूमी गुरुङ,अंशु गुरुङ र प्रक्रिया गुरुङ रहेका छन् । उनीहरूले उपाधिसँगै यामाहा रे जेड आर स्कुटी प्राप्त गरेका छन् ।

त्यसै गरी पूजा पाण्डेले फ्रस्ट रनर अपको उपाधि प्राप्त गरिन् भने नवलपरासीको ट्यूव लाइटले सेकण्ड रनर अपको उपाधि प्राप्त गरेको छ । उपाधिसँगै उनीहरूले ट्रफी, प्रमाणपत्र, गिफ्टह्याम्पर र क्रमशः ४० र ३६ इञ्चको एलइडी टेलिभिजन प्राप्त गरेको केन्द्रकी सञ्चालक सुन्दर दीपा गाहा गुरुङले जानकारी दिइन् । त्यस्तै युनिसा गिरी र सलोनी बैद्धासले बेष्ट पर्फमर्सको उपाधि प्राप्त गरेका छन् । करिब ४ सय सहभागीहरू मध्येबाट उत्कृष्ट १० मा भएको ग्राण्ड फिनाले गरिएको प्रतियोगिताका संयोजक मनुक थापाले बताए । ५ महिना अघिदेखि सुरु भएको लुम्बिनी अञ्चलस्तरीय प्रतियोगिता शनिवार राती सम्पन्न भएको हो । 

प्रतियोगितामा नृत्य, गायन, चित्रकला लगायत विभिन्न विधाका प्रतिभाहरूको सहभागिता रहेको थियो । सो अवसरमा मुख्य प्रायोजक नसिब गार्मेन्टको प्रबन्धक विष्णु भुसालले प्रतियोगिता भव्यताका साथ सफल भएको बताउँदै आगामी प्रतियोगितामा मुख्य प्रायोजन गर्ने प्रतिबद्धता समेत गरे । केन्द्रका प्रबन्ध निर्देशक सुन्दर गुरुङको अध्यक्षता र एभरेष्ट नेपाल कल्चरल ग्रुपका संस्थापक तथा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला, नेपालका संयोजक रामचन्द्र कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न ग्राण्ड फिनालेको सञ्चालन द्वय सुमन श्रेष्ठ र सुदिप ढकालले गरेका थिए । 

सम्बन्धित सामग्रीहरू