अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४५ | Colorodo: 16:00

गायक विजय राईले ‘लाजै नमानी’ ल्याए (भिडियो )

बिआरटीनेपाल २०७४ फागुन ५ गते ३:४४ मा प्रकाशित

गायक विजय राई ‘त्यो रातपछि.’ फेरि आए । ‘त्यो रातपछि’ ओझेलमा रहेका विजयले करिब पाँच वर्षपछि ‘लाजै नमानी’ दर्शक तथा श्रोतामाझ ल्याएका हुन् ।

विजयले आफ्नो नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन् । गीतको बोल ‘लाजै नमानी’ हो । गीतकार ललिता कुवँरको शब्द रचना रहेको यस गीतलाई राहुल प्रधानले संगीत गरेका हुन् ।
डान्सिङ नम्बरको यस गीतको भिडियोमा पछिल्लो समय चर्चामा रहेको डान्स गु्रप ‘भीमफेदी गाइज’लाई फिचरिङ गरिएको छ । भीमफेदी गाइज’सँगै भिडियोमा सन्ध्या भट्टराईले अभिनय गरेकी छन् । सन्ध्या भिडियोमा निकै हट देखिएकी छन् ।

यो भिडियो संगीतकार प्रधानले निर्देशन गरेका हुन् । उनले भिडियोलाई कथानक रुप दिएका छन् । गीतको भावलाई टपक्क टिप्दै निर्देशक प्रधानले भिडियोमा नृत्यसँगै ग्ल्यामरस पस्कने प्रयास गरेका छन् । नृत्य कोरियोग्राफी भने भीमफेदी गाइजकै निर्मल तामाङले गरेका हुन् ।

यसअघि लोकपप तथा आधुनिक गीत गाउँदै आएका विजयले यसपटकले भने पूर्ण रुपमा डान्सिङ नम्बर गाएका छन् । गीतकार कुवँले पनि पहिलोपटक डान्सिङ शैलीलाई अपनाएर गीत तयार पारेको सु्नाइन् । यो पछिल्लो समय चलेको टे«ण्ड पनि हो । भिडियो सार्वजनिक गर्दै विजयले भने, ‘यो मेरो प्रयास हो, यो गीतलाई अहिलेको ट्रेण्डअनुसार गाएको हुँ ।’ यस गीतबाट आशावादी रहेको पनि उनले बताए ।

गादाबारीमा छायांकन गरिएको यस भिडियोका लागि निकै मिहिनेत गरिएको छ । लामो अन्तरालपछि दर्शक तथा श्रोतामाझ आएकाले स्तरिय गीत तथा भिडियो दिने प्रयास गरेको विजयले बताए । यस भिडियोमा क्यामेरा चक्र महर्जन, ड्रोन मेघराज र सम्पादन विकास ज्ञवालीको रहेको छ ।

प्रतिक्रिया