अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४३ | Colorodo: 01:58

प्रदर्शनको पहिलो दिन नै ‘कान्छी’लाई दर्शकको अत्याधिक माया

श्वेतालाई 'श्री'को अभाव खड्कीयो

बिआरटीनेपाल २०७४ फागुन ४ गते ७:१९ मा प्रकाशित

आजबाट देशब्यापी रुपमा प्रदर्शनमा आएको चलचित्र कान्छीले प्रदर्शनको पहिलो दिन उल्लेखनिय दर्शक र प्रशंसा बटुलेको छ ।

शुक्रबार बिभिन्न सिनेमा घरमा हाउसफुल भएको कान्छी युनिटले दर्शकको चाप अत्याधिक भएपछि अन्य शो समेत थप मात्र गरेन, चलचित्र हेर्न आउने र हेरेर बाहिरिएकाहरुको समेत माया र प्रशंसा पाएको छ ।

शुक्रबार फिल्मले काठमाडौँको बिग मुभिजमा राखेको प्रेस शो मा चलचित्र हेरेर फर्कने महिलाबर्गले चलचित्रको कथाले आफुलाई रुवाएको प्रतिकृया दिएका थिए भने अन्य दर्शकले कान्छी नेपाली समाजको टिपिकल कथा र अर्गानिक स्वाद भएकोले यो चलचित्र सबैले एकपटक हेर्नै पर्ने प्रतिकृया दिएका थिए भने कतिले स्व नायक श्रीकृष्ण श्रेष्ठलाई समेत सम्झना गरेको देखिन्थ्यो ।

कान्छि चलचित्रकी निर्माता तथा नायिका श्वेता खड्काले दर्शकको उपस्थितीप्रति खुसी ब्यक्त गर्दै यो माया र सहभागीताले आफुलाई संधै हौसला प्रदान गर्दै आएको प्रतिकृया दिएकी थिईन् भने यो अवसरमा श्रीकृष्ण श्रेष्ठको अभावले उनि भित्रको पिडा यसरी बल्झीएको थियो कि उनि आज पनि भक्कानिईन् श्रीको यादमा । सायद उनलाई लाग्यो होला मेरो यो काम मेरो श्री हेर्न पाएको भए उहाँ कति खुसी हुनुहुँदो हो ।

नायिका तथा निर्मात्री श्वेता खड्का र अभिनेता दयाहाङ राई फिचर्ड ‘कान्छी’ लाई आकाश अधिकारीले निर्देशन गरेका हुन् । पुरुषोत्तम प्रधानको छायांकन, शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ । चलचित्रमा अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू