अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५५ | Colorodo: 08:10

लोक दोहोरी गीत ‘ताइनतुइको पिरती’ सार्बजनिक (भिडियो)

बिआरटीनेपाल २०७४ फागुन ३ गते २३:४१ मा प्रकाशित

बिन्ध्यबासिनी म्युजिक प्रालिले प्रितम पोखरेलको रोमान्चक लोक दोहोरी ‘ताइनतुइको पिरती’ बोलको गीतलाई हालै सार्बजनिक गरेको छ । म्याग्देली चेली कोपिल छिनाल र प्रितम पोख्रेलको सुमधुर स्वर रहेको छ । मान्छे जन्मिछ हुर्किन्छ र योबन अवस्थामा पुगेपछि उस्लाई अनेकौं चाह हरु बढ्दै जान्छ ।

सोहि क्रममा यति बेला यो गीतको भाव अनुसार गायिका कोपिलालाई भर्खरै बसेको मायामा ताइन तुइको पिरती लाइएछ भन्ने महसुस भएको छ । प्रस्तुत गीतमा लय तथा शब्द सिर्जना प्रितम पोख्रेलको रहेको छ । निकै रोमान्चक सैलिमा तयार भएको यस गीतको म्युजिक भिडियोमा शंकर बि.सी , सुरज चापागाई (बान्द्रे), काजल पोख्रेल कृपा कार्की  (रानी) र रबिन परियार  आकर्षक अभिनय रहेको छ ।

ताइनतुइको पिरती बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन शंकर बि.सी ले गरेका हुन् भने छायांकन मनोज चौहान मगर र सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।

प्रतिक्रिया