अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२५ | Colorodo: 17:40

 ‘हुर्रे’को प्रोमेशन यात्रा पोखराबाट सुरु

बिआरटीनेपाल २०७४ फागुन ३ गते २१:४७ मा प्रकाशित

अनुपबिक्रम शाही , केकी अधिकारी अभिनित चलचित्र ’हुर्रे’ यही फाल्गुन २५ गते बाट देशभर प्रदशन हुँदै छ । फिल्मको प्रचारकालागी देश दौडाहमा रहेको फिल्म युनिटले विहीबार पोखरामा प्रेसमिट गर्दै चलचित्र फुल कमेडी कथामा रहेको उल्लेख गरेको छ । यख ईन्टरटेन्मेन्ट ब्यानरमा निर्मित उक्त चलचित्रको लगानी भने हालसम्म यकिन गरिएको छैन ।

चलचित्रको मुख्य पात्रको रुपमा अभिनित नायिका केकीले चलचित्रमा आफ्नो रोल मेनकाको नामले परिचित रहेको बताइन । प्रेमको मोह जालमा फसाउने केटीको भूमिका निर्वाह गरेकी केकीले पोखरा नेपाली चलचित्र उध्योगको लागि दोश्रो ठुलो घर रहेको समेत उल्लेख गरिन ।

चलचित्रका अर्का पात्र हास्यकलाकारको रुपमा समेत परीचित राजाराम पौडेलले ’हुर्रे’ को सबै छायान्कन पशुपती क्षेत्रमा सम्पन्न भएको बताउदै उक्त चलचित्रले फेरी आफु पुन १६ वर्ष उमेरमा फर्किएको अनुभुती गराएको बताए ।

चलचित्रको एक सफल गीत “ ठेकीमा दही मदानीमा मही “ मा केकी सँग आफुले पनि ठुम्का लगाउन पाउदा आफु १६ वर्ष उमेरको छदाको झझल्को दिलाएको रमाइलो प्रसँग उतारे ।

याम थापाको लेखन तथा निर्देशनमा बनेको ’हुर्रे’ मा केकी अधिकारी , अनुप विक्रम शाही , राजाराम पौडेल अलवा अन्कित खड्का ,विजय बराल , संगीता नापित लगायतका कलाकारको पनि अभिनय रहेको छ । फिल्ममा लगानी भने दावा श्रेर्पा ,सोनम लामा र शेयरिङ्ग डोर्जी लामाको रहेको छ ।

प्रतिक्रिया