अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२५ | Colorodo: 18:40

अमेरिकाका ठुला तीन संस्थाको संयुक्त सम्मेलन सिकागोमा हुने

विजय थापा २०७४ फागुन ३ गते ७:३१ मा प्रकाशित

अमेरिकामा स्थापित सङ्घ/संस्था चोईटिने, भत्किने, टुक्रिने तथा विभाजित हुँदै गरेको अवस्थामा अमेरिकाका राष्ट्रिय स्तरका नाम चलेका तथा पुराना मध्ये कै तीन नेपाली संस्थाहरू मिलेर राष्ट्रिय सम्मेलन गर्ने भएका छन् l गत फेब्रुअरी १३ तारिख साँझ तीनै वटा संस्थाका अध्यक्षहरूले प्रेस विज्ञप्ति जारी गर्दै संयुक्त प्रथम राष्ट्रिय सम्मेलन अमेरिकाको इलोनोइस राज्यको सिकागो सहरमा गर्ने निधो गरेका छन् । संयुक्त सम्मेलन अमेरिकन लेबर डे अर्थात् सेप्टेम्बर ३, २०१८ को सप्ताहको सेरोफेरोमा हुने तय भएको छ ।

एसोसिएसन अफ नेप्लिज इन मिडवेस्ट अमेरिका (आन्मा), नेप्लिज एसोसिएसन साउथइस्ट अमेरिका (नासा) तथा एसोसिएसन अफ नेप्लिज इन दि अमेरिकाज (एएनए) ले पहिलो पटक हुन् गई रहेको सम्मेलनमा यसरी सँगै काम गर्ने भएकोमा अझ समुदायमा ज्यादा प्रभावकारी तथा दक्षतापूर्ण सेवा गर्न सकिने विश्वास लिएको संयुक्त प्रेस विज्ञप्तिमा जनाएका छन् l

उक्त प्रेस विज्ञप्तिमा हाम्रा समुदाय सदस्यहरूले समसामयिक विषयमा/मुद्धाहरुमा सामना गर्नु परेकालाई संयुक्त प्रयासबाट पहिचान गर्ने र यस्ता विषयमा उचित समयमा सम्बोधन गर्न आवश्यक पर्ने जनाएको छ l

नयाँ पुस्ताको सहभागिता वृद्धि हुँदै गएको अवस्थालाई उनीहरूलाई राष्ट्रिय स्तरमा छलफल तथा मुद्धाहरुको लागि मञ्च प्रदान गर्नु रहेको उल्लेख गरेको छ l यसको साथै प्रेस विज्ञप्तिमा हामीलाई नयाँ दृष्टि, नयाँ ध्येय तथा नयाँ कार्यक्रमको आवश्यक भएकोले द्रुत रूपमा झ्याँगिएको समुदायको आवश्यकतामा ध्यान दिन जरुरी भएको उल्लेख गरेको छ l

एसोसिएसन अफ नेप्लिज इन मिडवेस्ट अमेरिका (आन्मा)का अध्यक्ष बाला घिमिरे, नेप्लिज एसोसिएसन साउथइस्ट अमेरिका (नासा)का अध्यक्ष माधव ढकाल तथा एसोसिएसन अफ नेप्लिज इन दि अमेरिकाज (एएनए) का अध्यक्ष मेदिनी अधिकारीले अमेरिकामा रहेका सबै समुदाय सदस्यहरूलाई सहभागिताको लागी सबैमा आग्रह गरेका छन् l

एसोसिएसन अफ नेप्लिज इन मिडवेस्ट अमेरिका (आन्मा)का अध्यक्ष बाला घिमिरेले कुराकानी गर्दै एकताको सकारात्मक संदेश जाने हुनाले लामो समय देखि चली रहेको हाम्रो प्रयास सफल भएको बताए l अध्यक्ष घिमिरेले भने हामीले सिकागोमा संयुक्त सम्मेलन गर्ने निधो गरेका छौ l अब सम्मेलन समिति निर्माण हुने, कार्यक्रम स्थल तय हुने थुप्रै काम बाकी रहेकोले केवल अमेरिकन लेबर डेमा प्रथम सम्मेलन मात्र गर्ने निर्णय गरिएको जनाए l

एसोसिएसन अफ नेप्लिज इन मिडवेस्ट अमेरिका (आन्मा) तथा नेप्लिज एसोसिएसन साउथइस्ट अमेरिका (नासा) को १३ औ संयुक्त सम्मेलन नर्थ क्यारोलिनामा २०१७ मा सम्पन्न भएको थियो l

तर उक्त सम्मेलनमा पनि एसोसिएसन अफ नेप्लिज इन दि अमेरिकाज (एएनए) को सक्रिय सहभागिता रहनु को साथै एकताको बेजोड प्रयास रहेको थियो l स्मरण रहोस्, एसोसिएसन अफ नेप्लिज इन मिडवेस्ट अमेरिका (आन्मा) तथा नेप्लिज एसोसिएसन साउथइस्ट अमेरिका (नासा) को १३ औ नर्थ क्यारोलिना संयुक्त सम्मेलनको साधारण सभाले तत्कालीन समयको लागि तीन वटा संस्थाको संयुक्तको सम्मेलन गर्ने विषयलाई लिएर प्रस्तावलाई पारित गर्न असमर्थ रहेको थियो l

हाल नेप्लिज एसोसिएसन साउथइस्ट अमेरिका (नासा) को नेतृत्व परिवर्तनसँगै एकताले राम्रो संदेश जाने र सबै समुदायलाई समेट्न सकिने सम्भावना देखेकोले नासा समितिले संयुक्त सम्मेलन उपयुक्त ठहर गर्दै पारित गरे पछि तीन वटा संस्थाको संयुक्त सम्मेलनको द्वार खुलेको हो l

यसै गरी एसोसिएसन अफ नेप्लिज इन दि अमेरिकाज (एएनए) ले सन् २०१५ को नेपालमा गएको भूकम्पको असर सबैमा परेकोले सम्मेलन गर्न उचित नठानी अन्तिम समयमा रद्ध गर्नु परेको थियो भने सन् २०१६ मा एटलान्टा सम्मेलन गरेको थियो l

सन् २०१७ मा एसोसिएसन अफ नेप्लिज इन मिडवेस्ट अमेरिका (आन्मा) तथा नेप्लिज एसोसिएसन साउथइस्ट अमेरिका (नासा) को १३ औ नर्थ क्यारोलिना संयुक्त सम्मेलनमा अन्तिम समय सम्म एएनए संयुक्त रूपमा गर्ने प्रयास गरेको थियो l सन् २०१७ मा बाल्टिमोरमा एएनए ले वार्षिक सम्मेलन नामक कार्यक्रम गरी मनाएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू